काठमाडौं । नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माउसुली र माउसुलीको चुडिएको पच्छरको तुलना गर्दै अब नेकपा एक हुनै नसक्ने प्रष्ट पारेका छन् ।

बिहीबार विराटनगरमा युवा संघ मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकीकरण गर्ने अभियानमा अझै पनि लागेका वामदेव गौतमतर्फ लक्षित गरेका हुन् ।

उनले भने, ‘अब पुच्छर जोड्ने अवस्थाबाट हामी अगाडि बढि सक्यौं माउसुलीले नयाँ पुच्छर जन्माइहाल्छ । छुट्टिएको पुच्छर एकछिन छटपटिन्छ, तर एकछिन पछि त्यो पनि सकिन्छ ।’