जिल्ला अदालत खोटाङमा कार्यरत खरिदार ३६ वर्षीय कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई हाल जिल्ला अदालतमा कार्यरत खरिदार ढकाल आज बिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला परेका हुन।

मृतक ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित मोहन दुलालको घरमा दुई वर्षदेखि कोठा भाडामा लिएर बस्दै आएका थिए । बेलुकी खाना खाएर सकुशल सुतेका ढकाल बिहान मृत भेटिएको घरबेटी दुलालले बताए ।

“मृतक ढकालको मुखबाट हल्का रगत बगेको देखिएको छ”, दुलालले भने, “आफ्नै कोठामा सुतेका मृतक ढकालको शव परीक्षण गर्नका लागि जिल्ला अस्पताल लगिएको छ ।” आफ्नै कोठामा मृत भेटिएका ढकालको अवस्था हेर्दा सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।