• (कोभिड १९) ले गर्दा विश्वमा हालसम्म २० लाख भन्दा मानिसको मृत्यु भएको छ । २० लाख मध्ये करिब ७० प्रतिशत मृतकहरू धनी देश अर्थात् अमेरिका, युरोपका रहेका छन् ।
  • जबकि विश्वको ७० प्रतिशत भन्दा बढी जनसङ्ख्या गरिब देशमा रहन्छन् । तीनै गरिब देशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको आकंडा जम्मा ३० प्रतिशत रहेको छ ।
  • उनीहरूले लकडाउन कडाइ गरे पनि त्यहाँका जनताले गम्भीरता पूर्वक नलिएको र जनस्वास्थ्यको मापदण्डहरू पूर्ण पालना नगर्नु नै प्रमुख कारण हो ।
  • धनी राष्ट्रहरूमा गरिब राष्ट्रको तुलनामा बढी वृद्धहरू बस्दछन्, सोही कारण उनीहरूलाई महामारीले च्यापेको हो ।

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको घटना विश्वव्यापी रूपमा बढ्दै छ। तर विश्वका धेरै गरिब र पिछडिएका देशहरूमा भने यो महामारी त्यति घातक साबित भैसकेको छैन। भलै गरिब देशहरूमा पनि लकडाउन र प्रतिबन्ध लागु गरिएको थियो या छन्। विकसित र धनी देशहरूको तुलनामा गरिब मुलुकमा मृत्युको आंकडा सोचे भन्दा निकै कम छ।

कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्वमा हालसम्म २० लाख भन्दा मानिसको मृत्यु भएको छ । यी २० लाख मध्ये करिब ७० प्रतिशत मृतकहरू धनी देश अर्थात् अमेरिका, युरोपका रहेका छन् । जबकि विश्वको ७० प्रतिशत भन्दा बढी जनसङ्ख्या गरिब देशमा रहन्छन् । तीनै गरिब देशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको आकंडा जम्मा ३० प्रतिशत रहेको छ ।

वैज्ञानिक यी देशहरूमा मृत्युदरमा कमी आउनुको एउटा कारण औसत आयुको अपेक्षाकृत युवा र कोरोना भाइरसको कम घातक प्रकार (स्ट्रेन) को उपस्थिति भएको बताउँछन् ।

सन् १९१८ को स्पेनिस फ्लु महामारीको समयमा गरिब देशहरू सबैभन्दा बढी प्रभावित भएका थिए। कोभिड-१९ लागि प्रारम्भिक अनुमानहरू पनि यही ढाँचामा थिए। विज्ञहरूले गरिब देशहरूमा लास गाड्ने ठाउँ समेत हुँदैन भन्ने अनुमान लगाएका थिए।

धनि राष्ट्रमा मृत्युदर बढी

अन्तर्राष्ट्रिय उद्धार समितिले पनि अप्रिल २०२० मा दुनियाँका ३४ गरिब देशहरूमा विनाशकारी प्रभाव पार्ने रिपोर्ट प्रकाशित गरेको थियो। उक्त रिपोर्टमा स्वास्थ्य सेवाको अभाव, घना जनसङ्ख्या र फोहोर जस्ता कारण उल्लेख गर्दै ३० लाख भन्दा बढी मानिसको कोरोनाका कारण मृत्यु हुने र ती मृतकहरू प्राय गरिब देशका हुने उल्लेख गरिएको थियो ।

तर हालको डाटाले प्रारम्भिक दिनको अनुमान गलत प्रमाणित गरेको छ। हाल हरेक १० लाख मानिस मर्नेको आकंडामा पाकिस्तानमा ४८ बंगलादेशमा ४७ , इन्डोनेसियामा ८० र भारतमा १०७ रहेको छ। भने नेपाल त झन् यस आंकडा भित्रनै परेको छैन । यी सबै विकास वा आर्थिक मोर्चामा पछाडि रहेका देशहरू हुन्।

अर्कोतर्फ, बेल्जियम जस्ता धनी देशमा कोभिड १९ ले प्रत्येक १० लाखमा १७ सय ३४ व्यक्तिको ज्यान लिएको छ। युके, इटाली, फ्रान्स र अमेरिका जस्ता धनी देशहरू पनि त्यस्तै अवस्थामा छन्।

यस्तो अवस्थामा उच्च प्रतिव्यक्ति आय, उत्तम स्वास्थ्य सुविधा, कम सघन जनसङ्ख्याको बाबजुद कोभिड १९ को चपेटामा धनी देशहरू परिरहेका छन् । र गरिब देशहरूको मृत्युको तुलनामा राम्रो स्थिति छ ।

लापरबाही नै कोरोना सङ्क्रमित भई मृत्यु हुनु कारण

सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन भन्छन्, ‘उनीहरूले लकडाउन कडाइ गरे पनि त्यहाँका जनताले गम्भीरता पूर्वक नलिएको र जनस्वास्थ्यको मापदण्डहरू पूर्ण पालना नगर्नु नै प्रमुख कारण हो ।’ अमेरिकाको कुरा गर्ने हो भने स्वयम् राष्ट्रपति डोनाल्ड ट्रम्प नै सुरु सुरुमा चाइनिज भाइरस भन्दै वास्ता नगरेका थिए, उनले भने, ‘युरोपको कुरा गर्ने हो भने त्यहाँको सरकारले प्रतिबन्ध कडा लागु गरे पनि त्यहाँको जनताहरुको चहलपहल कायमै थियो ।’

एक अर्थमा त्यहाँका मानिसहरूले भाइरसलाई बेवास्ता गरी प्रतिबन्धको पूर्ण पालना गरेका थिएनन् भन्ने हामीले निकै अखबारमा पढेको बताउँदै डा.पुनले विश्वमा भाइरसहरू म्युटेसन (उत्परिवर्तन) हुने क्रम जारी भएको कारण पनि मृत्युदर बढेको बताउँछन् ।

पुनका अनुसार युरोप तथा अमेरिकाको सन्दर्भमा मानिसहरूको लापरबाही नै कोरोना सङ्क्रमित भई मृत्यु हुनुको प्रमुख कारण हो ।

हामी एसियाली देशका भन्दा युरोपका देशका मानिसमा कम प्रतिरक्षा प्रणाली हुने भन्ने कुरालाई खण्डन गर्दै पुन भन्छन्, ‘केहि हदसम्म एसियाली देशका मानिसहरू स्वस्थ प्रतिरक्षा प्रणाली बढी भएका मानिए पनि यही कारणले उनीहरूको मृत्यु भएको भनेर ठोकुवा गर्न सकिन्न ।’

धनी राष्ट्रहरू वृद्धको संख्या बढी हुनु

डा.पुनका अनुसार ठुला जिडिपी भएका देशहरूको जनसङ्ख्या धेरै पुरानो छ। उदाहरणका लागि नेपालको औसत उमेर ६८ वर्ष हो र भारतको २७ र बङ्गलादेशको २२ वर्ष हो।

त्यस्तै इटालीको औसत आयु ४६ वर्ष र बेल्जियमको ४२ वर्ष हो। वृद्धहरू कोभिड १९ को बढी जोखिममा छन् भन्ने अनुसन्धानहरुबाट पहिल्यै थाहा भइसकेको छ । त्यस कारण, धनी देशहरूमा कोभिड १९ का कारण भन्दा बढी मृत्युहरू भएका छन् ।

अर्थात् धनी राष्ट्रहरूमा गरिब राष्ट्रको तुलनामा बढी वृद्धहरू बस्दछन्, सोही कारण उनीहरूलाई महामारीले च्यापेको हो ।

अधिक सरसफाइ गर्दा धनी देशहरूमा बढी मृत्यु

अध्ययनका अनुसार धनी देशहरूमा धेरै सरसफाइका कारण स्वतः प्रतिरक्षा रोग कम हुन्छ । उनीहरूको शरीर भाइरसको बारेमा पूर्ण अनजान रहन्छ। त्यस कारण, कोरोना भाइरस देखेर शरीरले यति कठोर प्रतिक्रिया दियो कि यसको शरीरमा नै क्षति भयो।

अध्ययनमा ‘स्वच्छता हाइपोथेसिस’ लाई बढी मृत्युको प्रमुख कारण पनि भनिएको छ। स्वच्छता हाइपोथेसिसका अनुसार सफा कम हुने मुलुकमा मानिसहरू सानै उमेरमा सङ्क्रामक रोगहरूको सिकार हुन्छन्। यसको कारणले उनीहरूको प्रतिरोधात्मक क्षमता अझ बलियो हुन्छ।

यसको विपरीत, धनी देशहरूमा सरसफाइ, स्वास्थ्य सेवा र भ्याक्सिनको सुविधा हुन्छ, जसका कारण तिनीहरू सङ्क्रामक रोगहरूबाट सुरक्षित छन् । तर तिनीहरूको प्रतिरक्षा प्रणाली यसको प्रतिरोध गर्न तयार रहेका हुँदैनन् ।

पुरानो महामारीको योगदान

अफ्रिकामा १० लाख भन्दा धेरै सङ्क्रमितहरू छन्, तर त्यहाँ मृत्युदर निकै कम छ। त्यस्तै एसियामा पनि सबैभन्दा कम मृत्यु दर छ। पाकिस्तान र नेपालजस्ता गरिब देशहरूमा ठुलो सङ्ख्यामा सङ्क्रमित घटनाहरू भए पनि अन्य देशहरूको तुलनामा यहाँ मृत्युदरको अवस्था राम्रो छ।

यसको लागि पुरानो महामारीलाई धन्यवाद दिन आवश्यक छ । अफ्रिका तथा एसियाका देशहरूमा युरोपको तुलनामा १० गुणा र अमेरिकी महादेशका भन्दा २० गुणा कम मृत्युदर छन्।

गरिब र विकासशील देश तुलनात्मक रूपमा अधिक कोरोना भाइरसबाट सुरक्षित छ। वैज्ञानिकहरू यसको पछाडि यी देशहरूका मानिसहरूका जीवनका कठोर अवस्था भएको जिकिर गर्छन् ।