विक्रम  संवत् २०६२/०६३ सालपछि नेपालमा जताततै अराजकता, विकृति, बेथिति र मनपरी मौलाएको छ । हाम्रो मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भयो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा जतिसक्दो लुट्ने काम भएको छ ।

माली मुलुकको जस्तै हाम्रो मुलुक नेपालमा पनि तत्काल सेनाहरूले सत्ता कब्जा गरी नागरिक सरकार गठन गर्नुपर्छ ।

माओवादीहरूले पनि द्वन्द्व कालमा नेपाली सेनाहरूको सङ्गठनलाई सिद्ध्याउन खोजेको नै हो । सेनाहरूको आत्मबल र मुटु दरो भएको कारण सङ्गठन धरासयी हुन बाट बचेको हो । सेनाहरूको सङ्गठन धरासयी हुन बाट जोगिनु भनेको नै मुलुक जोगिनु हो । शीर्ष नेताहरूको लागि सेनाहरू आँखाको तारो झैँ बनेका छन् । सेनाहरूले समयमा बुद्धि पुर्‍याउन जरुरी छ ।

विक्रम संवत्  २०६२/०६३ को जनआन्दोलनको परिवर्तन पछि शीर्ष नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ । राजनीतिक दलहरूका शीर्ष नेताहरूको आ-आफ्नो स्वार्थ, भागबन्डा र सत्ता लिप्साका कारण मुलुकले हालसम्म निकास पाउन सकेको छैन र हालसम्म पनि मुलुकमा अराजकता, अस्थिरता र सङ्क्रमणकालीन अवस्था छ ।

कानुन भन्दा माथि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री मन्त्रीहरू, सांसदहरू र शीर्ष नेताहरू रहेका छन् । मुलुक भन्दा ठुलो संविधान होइन संविधान फेरि पनि बन्न सक्छ । यस कारण सेनाहरू बाट सत्ता कब्जा गरी नेपालमा पनि तत्काल माली मुलुकको जस्तै सेनाहरूले नागरिक सरकार गठन गर्न आवश्यक छ ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा