काठमाडौँ । नेपाल सरकारको विगत तीन वर्षदेखिको डिजिटाइजेशन अभियान अन्तर्गत नागरिक एप्स औपचारिक रुपमा शुरु भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप्स’को शुभारम्भ गरेका हुन् । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप्स परीक्षणका रुपमा ल्याइएको हो ।

सरकारको डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो महत्त्वपूर्ण कार्यक्रम भएको जनाइएको छ । सुशासन, विकास र समृद्धिका लागि सरकारले डिजिटल नेपालको दुरदृष्टि राखेको छ ।

सरकारको २०७५ र ०७६ को नीति तथा कार्यक्रममा परिकल्पना गरेको नागरिक एप्स डिजिटल नेपाल अन्तर्गतको एउटा महत्त्वपूर्ण कार्यक्रम थियो ।

नागरिक एप्समार्फत राजस्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता निकायबाट प्राप्त हुने सेवाहरू कार्यालयसम्म नगई घरमै बसेर मोबाइल एप्समार्फत सूचना लिने र सेवा प्रदान गर्ने सुविधाको व्यवस्था गरिएको छ ।

नागरिक एपमार्फत् हेलो सरकार तथा अन्य सरकारी निकायमा गुनासो दर्ता गर्न र गुनासोको सुनुवाइ भएरनभएको समेत जानकारी प्राप्त गर्न सकिने छ ।

यो एप्स सजिलैसँग सबै नागरिकले प्रयोग गर्न सक्नेछन् भने सरकारका विभिन्न निकायसँग नागरिकको पहिचान गर्न सकिने डिजिटल विवरणहरू रहेका छन् ।

राष्ट्रिय परिचय पत्र थप भएपछि बायोमेट्रिक सुरक्षा प्रणाली पनि थपिने छ । यसरी प्राप्त विवरणहरू सबै एप्समा रहने भन्ने होइन विभिन्न सरकारी निकायसँग भएका विवरणहरू जोडेर एप्सले काम गर्ने जनाइएको छ ।

यसको लागि सकेसम्म आफ्नो नागरिकता, राहदानी र मतदाता परिचय पत्र अरूलाई नदिई आफैसँग सुरक्षित राख्न, आफूले प्रयोग गरेको सिम कार्ड अरूको नाममा दर्ता भए आफ्नो नाममा नामसारी गराउन समेत आग्रह गरिएको छ ।

नागरिक एप्सका फाइदाहरू

(यो एप्स प्रयोग गर्दा समयको बचत हुनेछ ।
(सरकारी काम गर्दा कागजातहरू बोकेर हिँड्नु पर्ने र बुझाउनु पर्ने जस्ता झन्झट हट्ने ।
(खर्च जोगिने ।
(पारदर्शिता बढ्ने ।
(भ्रष्ट्राचार न्यूनीकरण गर्न सघाउ पुर्‍याउने ।

नागरिक एप्स कसरी प्रयोग गर्ने
(आफ्नो नाममा रहको मोबाइलबाट यो एप्स सञ्चालन गरी प्रयोग गर्न सकिने छ ।
(सबभन्दा पहिला प्ले स्टोरमा गई नागरिक एप्स डाउनलोड गर्ने ।
(भाषा छनौट गर्ने ।
(एप्समा आफ्नो नाममा रहेको मोबाइल नम्बर राख्ने ।
(मोबाइल नम्बर राखेपछि ६ अङ्कको भेरिफिकेसन कोड आउँछ त्यस कोडलाई राख्ने ।
(त्यसपछि नागरिकताको विवरणरमतदाता परिचयपत्ररराहदानी विवरण मध्ये एकको विवरण भर्ने त्यसपछि सेवा सञ्चालन हुनेछ ।

भिडियो

रेडियो नेपालबाट