काठमाडौं । पोखरामा सिमेन्ट पुर्‍याएर फर्केको लु २ ख ११९ नम्बरको मालबाहक ट्रक आगलागीमा परेको छ । आगलागीबाट ट्रकको अगाडिको भागपूर्ण क्षति भएको छ। बिहान करिब सवा ५ बजे भएको घटनापछि चालक सडकमा झरेका थिए।

स्थानीय, प्रहरी तथा दमकलको टोलीले आगो निभाएको थियो। त्यसक्रममा केहीबेर पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।