
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरी इवान्का ट्रम्पको चर्चा अमेरिकामा मात्रै होइन पुरै विश्वमै बेलाबेलामा चलिरहन्छ । इवान्का एक आमा, श्रीमती र एक व्यावसायिक महिला पनि हुन्। यति व्यस्त तालीका भए पनि उनी आफूलाई फिट र स्वस्थ राख्छिन्। जसको प्रशसां बेलाबेलामा भइरहन्छ ।

इवान्काका तीन बच्चाहरू छन्, उनको जीवनशैली एकदम व्यस्त छ, तर पनि पनि उनले आफ्नो लागि समय निकालेर एकदम फिट देखिन्छन्। उनी आफ्नो डाइट र वर्कआउटलाई ध्यानमा राख्छिन् ।

३९ वर्ष इवान्काको फिटनेस गोप्य उनको आहार, र एक सन्तुलित दिनचर्या भएको अमेरिकी सञ्चार माध्यमहरूमा उल्लेख छ । उनी आफ्नो खानामा हरियो सलाद, घरेलु तरकारी सूप र प्रोटिन समावेश गर्दछिन्। यस बाहेक, उनी अन्न र ओट्स समेत खान्छिन्।

उनी दैनिक पर्याप्त पानी पिउँछिन् र आफ्नो शरीरलाई तरल पदार्थ पर्याप्त मात्रामा दिन्छिन् । उनी बिहानै उठेर योगा गर्छिन् । जसले गर्दा उनी स्वस्थ जीवनको आनन्द लिई काममा व्यस्त हुन्छिन् ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्