कैलाली । सरकारले प्रकाउ गरेका आफ्ना नेताहरुको रिहाइको माग गर्दै शनिबार विप्लव नेतृत्वको नेकपाले सुदूरपश्चिम बन्द गरेको छ।

सरकारले बिना कारण विप्लवका नेताहरुलाई प्रकाउ गरेको बताउँदै नेपाल बन्दको घोषणा गरेअनुसार सुदूरपश्चिम विप्लवले जनाएको छ। विप्लवको बन्दका सुदूरपश्चिमका जिल्लामा यातायात सेवा सहित अन्य सेवा समेत प्रभावित बनेका छन् ।

विप्लवले गत महिना पुष २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र ब्युरो सदस्य विवेकलगायत नेता कार्यकर्तालाई गल्तिबिना पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।