
- हालसम्म विश्वमा करिब करोड मानिसहरु कोरोना भाइरसको संक्रमित भएका छ । जसमा २१ लाख बढीको मृत्यु भइसकेका छ भने ७ करोड व्यक्तिहरु निको भएका छन् ।
- विश्वमा कोरोना संक्रमितको आंकडा धेरै भएको राष्ट्रमा अमेरिका पहिलो नम्बरमा छ । त्यहाँ करिब २ करोड भन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने २ लाख बढीको हाराहारमिा मृत्यु भइसकेको छ ।
काठमाडौं । कोभिड-१९ को नयाँ संस्करण पहिलो पटक गत महिना बेलायतमा फेला परेको थियो। नयाँ प्रकारको स्ट्रेन फैलिए लगत्तै विभिन्न देशहरुले बेलायतसंगको उठडानमा रोक लगाएका भएपनि उक्त भाइरस अहिलेसम्म करिब ६० भन्दा बढी देशहरुमा फैलिसकेको अवस्था छ ।
वैज्ञानिकहरुले पनि यो नयाँ भेरियन्ट पुरानो लहरभन्दा छिटो फैलने बताएका छन् ।
यहि विषयमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि पहिलो पटक मुख खोलेका छन् । शुक्रबार उनले बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस पुरानो भाइरसभन्दा द्रुत गतिमा फैलने आफूहरुलाई प्रमाण मिलेको बताएका छन् । प्रधानमन्त्री जोनसनले नयाँ कोरोना भाइरस तीव्र गतिमा फैलिने मात्र होइन, यो पुरानोभन्दा घातक पनि भएको बताएका छन् ।
यो भाइरस छिटो फैलने लन्डनमा पत्ता लागेको हँदा मृत्युको आंकडामा वृद्धि भइरहेको उनले बताए । पूर्व बेलायती सरकारका मुख्य वैज्ञानिक सल्लाहकार डाक्टर पैट्रिक वालेस पनि नयाँ भाइरसको जोखिम ६० वर्ष भन्दा माथिका मानिसमा बढी रहेको बताएका छन् ।
श्रीलंकामा खोप स्वीकृत
श्रीलंकाले शुक्रबार अक्सफोर्ड(एस्ट्राजेनेका खोप आपतकालीन उपयोगको लागि अनुमोदन गरेको छ । उही समयमा,त्यहाँ केही अन्य खोपहरू पनि पाइपलाइनमा छन्। खोप फेब्रुअरी बीचमा आयात गरिनेछ।

हालसम्म त्यहाँ ५६ हजार भन्दा बढी कोरोनाका केसहरू रिपोर्ट गरिएको छ भने २७६ व्यक्तिको मृत्यु भएको छ।
विश्वका दश देशमा संक्रमितको आंकडा यस्तो छ
देश | संक्रमित | मृत्यु | ठीक हुने |
अमेरिका | 25,390,042 | 424,177 | 15,222,719 |
भारत | 10,640,544 | 153,221 | 10,300,063 |
ब्राजील | 8,755,133 | 215,299 | 7,594,771 |
रूस | 3,677,352 | 68,412 | 3,081,536 |
युके | 3,583,907 | 95,981 | 1,600,622 |
फ्रान्स | 2,987,965 | 71,998 | 214,538 |
स्पेन | 2,560,587 | 55,041 | N/A |
इटाली | 2,428,221 | 84,202 | 1,827,451 |
टर्की | 2,412,505 | 24,640 | 2,290,032 |
जर्मनी | 2,108,895 | 51,151 | 1,762,200 |

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्