काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोग फेब्रुअरीको दोस्रो हप्तामा शुरू हुने भएको छ । यद्यपि यसको प्रारम्भिक प्रक्रियामा अर्को हप्तै उनी विरुद्ध लगाइएको आरोप सम्बन्धी सबै कागजातहरू सिनेट समितिमा पेश गरिने छ। फेब्रुअरीमा सुनुवाई कहिले सुरु हुन्छ भनेर निर्णय गरिएको छैन।

तर यदि ट्रम्प दोषी ठहरिएमा उनी २०२४ मा हुने राष्ट्रपति पदको लागी चुनाव लड्नमा प्रतिबन्धित हुने छन् ।

यहि जनवरी ६ मा ट्रम्प समर्थकहरुले क्यापिटोल हिल अगाडि हुलदंगा सहित हिसां गरेका थिए । जसमा एक महिलासहित करिब पाँच जनाको मृत्यु भएको थियो ।
उक्त हिंसाको आरोप ट्रम्पलाई लगाइएको छ । उनी माथि समर्थकलाई भड्काउने र हिसां गर्न उक्साएको दोष छ। त्यसपछि उनलाई महाअभियोग लगाइएको थियो । यससंगै ट्रम्प अमेरिकामा एक कार्यकालमा दोश्रो पटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् ।

समाचार एजेन्सीको रिपोर्ट अनुसार अर्को हप्ता महाभियोगको आरोप सम्बन्धी सबै दस्तावेजी प्रमाणहरू सिनेटमा राखिनेछ। सिनेटहरु नै न्यायाधीशको भूमिकामा रहनेछन् र उनीहरुले शपथ पनि लिनु पर्छ।