काठमाडौं । शनिबार दिउँसो रुपन्देहीको तिलोत्तमामा खानेपानी पाइपमा भिषण आगलागी भएको छ । निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा आगोलागी भएको हो ।

यद्यपि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका दमकलले आधा घण्टामै आगो नियन्त्रणमा लिइसकेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार लाखौंको पाइप जलेर नष्ट भएपनि मानविय क्षति भने भएको छैन । त्यस्तै प्रहरीले आगो लाग्नुका कारणबारे अनुसन्धान गरिरहेको बताएको छ ।