
काठमाडौं । आइतबार विभाजित नेकपाका प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । सोहि पक्षका प्रवक्ता नारायण काजी श्रेष्ठका अनुसार शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको छलफलपछि भोली बैठक बस्ने निर्णय गरीएको हो ।
उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नदिएको हुनाले साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने सम्भावना रहेको प्रचण्ड नेपाल पक्षले तयारी गरीरहेको बताइएको छ ।
त्यस्तै माधव कुमार नेपालले समेत केहि दिन अघिदेखी थप बारबाहि गर्ने सकिने बताउँदै आएका छन् ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्