
सिरहा । विश्व महामारीको रूपमा फैलिएको कोभिड-१९ ले गर्दा रोकिएको चालक अनुमति पत्रको परीक्षा सञ्चालन भएको छ ।
यातायात व्यवस्था कार्यालय लहान सिरहाले परीक्षाको किसिम र समय तोक्दै सवारी चालक अनुमति पत्रको परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ । पौष २० गते सार्वजनिक गरिएको सूचनामा नयाँ परीक्षार्थी र पुनः प्रयोगात्मक परीक्षा (रि–ट्रायल) परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरिएको यातायात व्यवस्था कार्यालय लहानका प्रमुख मीनबहादुर भट्टराईले जानकारी दिए ।
कार्यालय प्रमुख भट्टराईले भने, ‘हामीले कोभिडको जोखिमलाई न्यूनीकरण गर्न उच्च मापदण्ड तय गरेका छौं । उनले विधिसम्मत प्रक्रिया पुरा गरी आफैँले लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा पास गर्ने आवेदकले मात्र सवारी चालक अनुमति पत्र पाउने बताए ।
सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मन्त्रालयले सातै प्रदेशमा सवारी चालक अनुमति पत्रका लागि अनलाइन फाराम खुला गरिएको हो ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्