
काठमाडौँ । चर्चित नायिका सुष्मा कार्किले भर्खरै गृहस्थि बसाएकि अर्की नायिका स्वेता खड्का र उनको परिवारले आफूमाथि कुटपिट एवम् गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी गरेकि छिन् ।
आफ्नो जन्मदिनको लागी भेन्यु खोज्न लण्डन पव क्याफे पुग्दा नायिका खड्काको परिवारले दुव्र्यवहार गरेको उनको भनाइ छ ।उनले महानगरिय प्रहरी वृत दरवार मार्गमा उजुरी दिएकि छिन् ।
नायिका कार्कीले श्वेता खड्का, उनका पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले हातपात सहित गाली गलैजा गरेको आरोप लगाएको प्रहरीले बताएको छ ।
आफूसंग केहि भिडिओ रेकर्ड पनि रहेको सुष्माको दावी छ । प्रहरीले भने उक्त विषयमा छानविन भैरहेको बताएको छ ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्