एजेन्सी । २० जनवरीमा राष्ट्रपति पदको सपथ गरेका अमेरिकि राष्ट्रपति जो बाइडेनलले पहिलो पटक नयाँ विदेशी नितिबारे मुख खोलेका छन् । उनले विशेष गरि चीन र म्यानमार मुद्दाको विषयमा छलफल गरेका छन् । बाइइडेनले यमन संकटमा साउदी अरेबियालाई आफू मानवअधिकारप्रति सतर्क भएको संकेत पनि दिएका छन् । साथै प्रजातान्त्रिक देशलाई एउटै मञ्चमा ल्याउने पनि बाइडेनको योजना रहेको छ।

यस्तो छ योजना विदेश निति

रसिया : भ्रष्टाचार उजागर गर्ने सामाजिक कार्यकर्ता अलेक्सी नेभेनीलाई पक्राउ गरिएकोमा बाइडेनले उनलाई तुरुन्त बिना शर्त रिहा गर्न माग गरेका छन् ।

म्यानमार : संयुक्त राज्यले आफ्ना सबै सहयोगीसंग मिलेर सकेसम्म चाँडो म्यानमारमा लोकतन्त्र फिर्ता लिन प्रयत्न गर्ने भएको छ। बाइडेनले कानूनको शासन आवश्यक भएको उल्लेख गरेका छन् ।

चीन : चीनबाट अमेरिकालाई आर्थिक क्षति पुर्‍याउने प्रत्येक षडयन्त्रको सामना गरिने बाइडेनको निति रहेको छ । बाइडेन प्रशासनले चीनसंग सामना रणणिति पनि बनाएको छ ।

ग्लोबल एलायंस : अमेरिकाले आफ्ना पुराना साथीहरूलाई सँगै ल्याउनेछ। यसका लागि गठबन्धनहरूलाई सुदृढ गरिनेछ। बाइडेनले भने, हामी विश्वलाई फेरि एकजुट गर्ने प्रयास गर्नेछौं।

प्रजातन्त्र : विश्वका ठूला प्रजातान्त्रिक देशहरूसँग छिट्टै कुराकानी हुनेछ।

यमनमा केन्द्रित : अमेरिकाले यमनको बिरूद्ध साउदी र युएई सैन्य कारवाही स्वीकार नगर्ने भएको छ । यी देशमा हतियार आपूर्ति पहिले नै प्रतिबन्धित गरिएको छ। तिमोथी ल्यान्डरकिंग यमनमा नयाँ राजदूत हुनेछन्। साउदी पहिले जस्तो सहयोगी नै रहनेछ।