काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षधरले आज गरेको बृहत् सभा (शक्ति प्रदर्शन) सुरु भएको छ । सो ‘ओलीसभा’मा नेता-कार्यकर्ता तथा समर्थकहरू जम्मा हुने क्रम जारी छ ।

केही बेरमा सुरू हुन लागेकाे सभाकाे सबै तयारी पूरा भइसकेकाे छ । सडकमा बाक्लाे संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएकाे छ भने पाेलपाेलमा सभाका पाेस्टर झुण्ड्याइएका छन् ।

जनसभामा काठमाडौँ उपत्यकाका साथै बागमती प्रदेशका १३ वटै जिल्लाबाट कार्यकर्ताहरु र समर्थकहरु सहभागी हुने बताइएको छ । ‘जनसभा’ नाम दिइएकाे उक्त बृहत् सभामा करिब तीन लाख मानिस सहभागी हुने दाबी गरिएकाे छ ।

जनसभाका लागि काठमाडौँ उपत्यकाका त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, बागबजार, प्रदर्शनी मार्ग, घण्टाघर, न्यूरोड, टेकु, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्‍याली निकालिने जनाइएकाे छ ।