
काठमाडौं । पछिल्लो २४ घण्टामा ५७ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ । भने देशभर आजसम्म १ हजार ६३१ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै आजको मृत्युको आकंडा शुन्य रहेको छ भने १ सय ३३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ९२९ पुगेको छ ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्