काठमाडौं । नेपाल आइडलबाट चर्चामा आएकि गायिका अस्मिता अधिकारीको स्वर रहेको टाढा भएपनि बोलको गित युट्युवमा २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिएको म्युजिक भिडियो बनेको छ । उर्गेन दोङले कम्पोज गरेको उक्त भिडिओमा नायक पल शाह र नायिका मालिका महतको अभिनय रहेको छ ।

यो समाचार तयार पार्दासम्म उक्त भिडियोले युट्युवमा १५ लाख भन्दा बढी भ्यूज पाइसकेको छ । आइतबार युट्युवमा अपलोड गरिएको टाढा भएपनि केहि समयअघि उर्गेन दोङ एक्लैले (मेल भर्सन) मा गाइसकेका छन् ।

यसअघि लोक गायक प्रकाश सपुतको गलबन्दिले २४ घण्टामा साढे आठ लाख भ्यूज कमाएर रेकर्ड बनाएको थियो । टाढा भएपनि (फिमेल भर्सन) ले सोहि रेकर्डलाई तोड्दै सबैभन्दा बढी हेरिएको भिडियो बन्न पुगेको हो ।

त्यस्तै फुलबुट्टे सारी नामक गितबाट चर्चामा आएका मालिका पलको जोडिलाई दर्शकले यो भिडियोमा पनि उत्तिकै रुचाएका छन् ।

भिडियो