
जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा एकाबिहानै एक महिलाको शव खेतमा फेला परेको छ ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर(२ माचि झिटकैयामा आज बिहान एक महिलाको शव खेतमा फेला परेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
कमला नगरपालिका वडा नम्बर-२ माचि झिटकैया टोल पस्ने हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा सो महिला मृत फेला परेकि हुन् । आज बिहान स्थानीय एक युवक दिसा गर्नका लागि घरबाट बाहिर निस्केर खेततर्फ जान लाग्ने क्रममा महिलालाई मृत अवस्थामा देखेपछि वडाध्यक्षलाई खबर गरेका थिए ।
मृतक महिला झिटकैयाको पश्चिमवारी टोल बस्ने खुसिया गडेरीकी दुई पत्नी मध्ये जेठी पत्नी थिईन् । उनको हत्या गरेर खेतमा फालेको हुनसक्ने आशंका गरिएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ भने घटनाको बारेमा मुचुल्का उठाउने कार्य गरेपछि थप जानकारी आउने प्रहरी नीरिक्षक हृयेन्द्र रोकायाले घटना बारे अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हृयेन्द्र रोकायाले घटना बारे अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्