काठमाडौं । मानिसको जीवनमा गाँस बास कपास सँगै इन्टरनेट पनि आधारभूत आवश्यकता बनेको छ । हाल दुनियाँभरमा भैरहेको  अधिकांश कार्यहरू इन्टरनेटद्वारा सञ्चालित छन् । चाहे पढाई होस् या काम पछिल्लो दशकमा मानिसहरू आफ्ना हरेकआवश्यकताका पूर्ति गर्न इन्टरनेटको प्रयाग गरिरहेको छन् । आजको युगमा प्रत्येक व्यक्तिको जीवनमा इन्टरनेट अपरिहार्य वस्तु बनेको छ । हाल बालबालिकाको हातमा शिक्षाभन्दा पहिले इन्टरनेटको पहुँच हुने गर्दछ । मानिसहरू इन्टरनेट बिना आफ्नो जीवनको कल्पना समेत गर्ने मुस्किल भएको छ ।

 आज दुनियाँमा साना बालबालिका देखी वृद्धसम्म इन्टरनेटबारे जानकारी राख्छन् ।  नेपालमा पनि सहरी क्षेत्रमा मात्रै नभई अहिले ग्रामिण भेगसम्म इन्टरनेटको प्रयोग बढेको छ । विशेष गरी देशमा कोरोना महामारी भित्रिएपछि अनलाइन कक्षा देखी ‘वर्क फ्रम होम’ ले इन्टरनेट प्रयोगकर्ता  ह्वात्तै बढेका छन् । चाहेर होस् या नचाहेर हामीले जबर्जस्ति  इन्टरनेटलाई आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा मान्नु परेको छ । 

अर्थात् वर्तमान परिस्थितिमा मानिसहरू इन्टरनेटको साँघुरो पँधेराभित्र पसिसकेका छन् । जहाँबाट सम्भवतः जीवनभर निस्किनलाई ढोका बन्द भएको छ ।

यसोमा के तपाईँले कहिल्यै सोच्नु भएको छ, यदि इन्टरनेट बन्द भएमा के होला ?  ठुल-ठुला कम्पनीहरू कसरी चल्लान् ? तपाईँबाट टाढा बसेका आफन्तजनसँग कसरी कुराकानी गर्नु होला? हाम्रा बैंकमा राखेका पैसाहरू के होलान् ? 

सायद जो कसैले सोच्न नभ्याएको पनि हुन सक्छ, जसमा कुनै गुञ्जायस छैन ।  वास्तवमा इन्टरनेट निकै फराकिलो छ । यस ग्रहका ५३ प्रतिशत मानिसहरू सक्रिय रुपमा इन्टरनेटको प्रयोग गर्दछन् ।

केही मानिसहरू इन्टरनेट नहुनु राम्रो हुने तर्क  गर्छन् । तर अवश्य पनि,  इन्टरनेट बिना जीवन दयनीय हुने कतिपयको अनुमान छ । इन्टरनेट बिना विश्व नै अँध्यारोमा हुन जान्छ । 

इन्टरनेट बन्द भए के हुन्छ ?

डाटा उपभोग 

इन्टरनेटमा करौडौं  व्यक्ति हरेक सेकेन्ड, घण्टा अनलाइन बस्छन् । जसले डाटा प्रयोग गर्दछन् । यदि हामी सबै युजरहरूको डाटालाई जोड गर्ने हो भने लगभग ३८, ३१३ जीबी हुन्छ। यसको मतलब हर सेकेन्डमा उक्त डाटा विश्वभर प्रयोग हुन्छ । अर्थात् इन्टरनेट बन्द भएमा यति डाटा गुम्छ । 

गुगल 

गुगलमा हर सेकेन्ड करिब ५६, ४४६ खोज हुन्छन् । अथार्त जबसम्म यो समाचार तयार पारिदैं छ लाखौँ मानिसले गुगल सर्च गरिसकेका छन् । भने जब तपाईँले पढ्दै हुनुहुन्छ तबसम्म करोडौँले गुगलमा सर्च गरिसकेका हुनेछन् । त्यस कारण गुगललाई पावर फुल सर्भरको आवश्यकता हुन्छ । त्यसैले इन्टर बन्द भएमा गुगल जस्ता कम्पनीहरू पनि ठप्प हुने अवस्थामा आउँछन् । गुगल सर्चहरू बन्द हुन्छन् । 

युट्युब

युट्युबमा हरेक सेकेन्ड लगभग १३, २१०० भिडियोहरू हेरिन्छ । र लगभग एक घण्टाको भिडियो प्रत्येक सेकेन्ड अपलोड हुन्छ। यसोमा यदि इन्टरनेट एक सेकेन्डको लागि पनि बन्द भए , यी सबै अपलोड गरिएका भिडिओहरू  बन्द हुनेछन् । 

फेसबुक र ट्विटर 

तपाईँले फेसबुक र ट्विटर प्रयोग गर्नु हुन्छ होला ।  प्रत्येक सेकेन्ड फेसबुकमा ५ प्रोफाइलहरू सिर्जना हुन्छन् । प्रत्येक सेकेन्ड  दश हजार भन्दा बढी मानिस अनलाइन बस्दछन् । र यदि  ट्विटरको कुरा गर्ने हो भने सात हजार भन्दा बढी ट्विटहरू गरिन्छन् । त्यसैले इन्टरनेट बन्द भएमा हर सेकेन्ड दश लाख मानिसहरू  फेसबुकमा च्याट गर्न सक्नेछैनन् र ट्विटरमा ट्विटहरू पनि हुनेछैनन्।

ई-मेलहरू

हरेक सेकेन्ड २५ लाख इमेलहरू गरिन्छन् । इमेलबाटै विश्वभरका अफिसियल कामहरू सम्भव हुन्छ । ठुला परियोजना देखी कारोबार समेत इमेलबाट हुने गर्दछन् । यसोमा इन्टरनेट बन्द भएमा हाम्रा सबै कामहरू रोकिन्छन् र हजारौँ मानिसहरू बेरोजगारी हुनेछन् । 

इन्टरनेट कहिल्यै बन्द हुँदैन

यसका सँगसँगै विश्वमा के सत्य हो भने इन्टरनेट कहिल्यै बन्द हुँदैन । बन्द भैहाले पनि केहि सेकेन्ड या मिनेटका लागी हुनेछ । अर्का धुव्र सत्य के हो भने इन्टरनेटको कुनै स्विच हुँदैन जसलाई तपाईँले बन्द गरेर विश्वभर एकै चोटि एकै समयमा इन्टरनेटको प्रवाह बन्द होस् । अनि यो पनि सम्भव छैन कि यदि फेसबुक बन्द भए गुगल पनि बन्द होस् । इनटरनेट सागर हो । र आफैँ सोच्न्स् सागर कहिलै सकिन्छ ?

काठमाडौँमा इन्टरनेट गएमा के हुने ? 

यो प्रश्नको उत्तर दिदैं सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता तेज कुमार केसी निकै रमाइलो शैलीमा भने, ‘यदि काठमाडौँमा इन्टरनेट भएन भने घर गएपछि मैले मेरो परिवार र छोराछारीसंग मजाले खुलेर पाउँछु ।’ केसीले पछिल्लो समय काठमाडौँ लगायत देशमा भइरहेका इन्टरनेटको दुरुपयोगलाई सम्झिँदै इन्टरनेट एक घण्टा पनि बन्द भए युवाले आफ्नो भविष्य बारेमा सोच्ने फुर्सद पाउने उल्लेख गरे ।  यद्यपि आइटीको हिसाबमा हेर्ने हो भने देशलाई भारी मात्रामा आर्थिक घाटा हुने उनको भनाई छ । 

३४ प्रतिशत नेपालीहरू इन्टरनेट चलाइरहेका छन्, जुन अरू देशको तुलनामा कमै भए पनि नेपालका लागि द्रुत गतिमा बढ्दै गरेको प्रतिशत हो । इन्टरनेटमा पनि धेरै खोलिने साइटहरूमा सामाजिक सञ्जाल अर्थात् सोसियल नेटवर्किङ रहेको छ । कतिका लागि त सामाजिक सञ्जाल नै इन्टरनेट हो भन्ने छाप पनि बसिसकेको छ । 
कोरोना काल पछि देशमा इन्टरनेट प्रयोग गर्नेहरूको गति बढेको छ । हजारौँ बालबालिकाहरू अझै पनि अनलाइन कक्षा पर्छन् ।  देशको अर्थतन्त्र धानेको रेमिटेन्स भित्रिन इन्टरनेटको माध्यम प्रयोग गर्ने पर्छ । काठमाडौँ लगायतका सहरहरूमा अधिकांश कम्पनी तथा बैंकिङ कारोबार इन्टरनेटकै माध्यमबाट हुन्छ । हामीलाई सुत्दा होस् या उठ्दा इन्टरनेट आवश्यक हुन्छ । यस्तो अवस्थामा आफैँ सोच्नुस् त इन्टरनेट गएमा देशसँगै हाम्रो हालत के हुन्छ ?  

इन्टरनेट को कहानी

इन्टरनेट को कहानी निकै रमाइलो छ । यसको सुरुवात एक लडाइँको कारण भएको थियो । ४ अक्टोबर १९५७ मा  पृथ्वीमा एउटा अचम्मको घटना भयो जसले सम्पूर्ण विश्व परिवर्तन गर्ने बाटो देखायो। यो दिन  सोभियत संघले विश्वको पहिलो मानव निर्मित स्याटलाइट प्रक्षेपण गर्‍यो। विश्वको पहिलो स्याटलाइटको नाम स्पुतनिक थियो। यो खबर पुरा दुनियाँमा फैलियो । तर उक्त खबरले अमेरिका भने खुसी थिएन किनकि दुनियाँको सबैभन्दा पहिलो स्याटलाइट अमेरिका पनि बनाउने कोसिस गर्दै थियो । यसको कारण सोभियत संघ  र अमेरिका बिच सित युद्ध सुरु भयो । त्यस लगत्तै  तत्कालिन  अमेरिकी राष्ट्रपतिले आफ्नो देशलाई साइन्स एन्ड टेक्नोलोजीमा अब्बल साबित  गर्न अर्पा नामक एजेन्सी खोले । 

यो एजेन्सी देशको प्राविधिक शक्ति उल्लेखनीय र द्रुत रूपमा बढाउनको लागि सिर्जना गरिएको थियो । अर्पानेट विश्वको पहिलो इन्टरनेट जडान भयो जसले पहिलो इन्टरनेट रुल लागू  गर्यो    । 

 अमेरिकी रक्षा विभागद्वारा अर्पानेटकै मार्फत इन्टरनेटको प्रारम्भ गरियो । अर्पानेट नै विश्वको सबैभन्दा पहिलो इन्टरनेट हो । विगतमा इन्टरनेट केवल वैज्ञानिक, इन्जिनियर, प्राध्यापकहरूमा मात्र सीमित थियो । इन्टरनेटको पूर्ण व्यावसायिकीकरण सन् १९९५ मा आएर मात्र भएको हो ।

तीन डब्लुको सुरुवात

यस नेटवर्क अगाडि आउने  बित्तिकै सम्पूर्ण विश्वका धेरै नेटवर्कहरू यसमा जडान हुन थाले। यसपछि १९८९ मा इङ्ग्लिस वैज्ञानिक  टिम बर्नर्स-लीले नयाँ प्रणाली  बनाए  । जसको माध्यमबाट विश्वका प्रत्येक व्यक्तिले कहीँ पनि कुनै पनि कुराको बारेमा जानकारी इन्टरनेटमा युआरएल मार्फत पाउन सक्दछन्। यस प्रणालीको नाम वर्ल्ड वाइड वेब राखियो । 

वर्ल्ड वाइड वेब को सफलता पछि यो निरन्तर विस्तार गरियो र आजको युगमा हामीसँग इन्टरनेटको विस्तारित रूप छ।  आज कम्प्युटरको साथै इन्टरनेट फोन, स्मार्टफोन, स्मार्ट टिभी, स्मार्ट वाच, ट्याब, क्यामेरा जस्ता धेरै चीजहरूमा जडान भएको छ। त्यस्तै, केही वर्ष पछि हाम्रो वरिपरिको सबै कुराहरू इन्टरनेटमा जडान हुने र हाम्रो जीवन अझ सजिलो हुने विज्ञहरूको अनुमान छ । त्यसैले पनि इन्टरनेट कहिल्यै बन्द हुँदैन । अझ  विस्तार  हुँदै गई एडभान्स टेक्नोलोजीको विकास भने पक्कै हुन्छ । 

इन्टरनेटको बढ्दो जोखिम….

साइबर हमला इन्टरनेटको प्रयोग गर्नेको लागि सबैभन्दा ठुलो खतरा हो। खराब मनोवृत्तिका ह्याकरले विभिन्न बहानामा दुःख दिन सक्छन्। यसमा ‘इन्टरनेट एक्सेस’को लागि पर्सनल ‘इन्फरमेसन’ चोरी हुने खतरा एकदमै बढी हुन्छ।यस्तै दुइ महादेशको बिचमा ‘डिप-सी केवल कनेक्सन’ टुटेमा इन्टरनेट ट्राफिकमा नराम्रो असर पर्छ।

दुइ  महादेशबीच महासागर तलबाट तार लगेर इन्टरनेट कनेक्सन गरिँदै आएको छ । कतिपय अवस्थामा सरकारले नै देशभित्र इन्टरनेटमा बन्देज लगाउन सक्छ। जस्तै सन् २०११ मा ‘अरब स्प्रिङ’ चर्किएपछि इजिप्ट सरकारले प्रदर्शनकारीले आपसी सम्पर्क गर्न नसकुन् भनेर इन्टरनेट कनेक्सन काटिदिएको थियो। टर्की र इरानमा पनि विरोध प्रदर्शनका क्रममा इन्टरनेट कनेक्सन काटिएको थियो। चीनले पनि बेला बेलामा इन्टरनेट नियन्त्रणमा राख्ने गरेको छ।  देश जति विकसित र ठुलो हुन्छ त्यहाँ इन्टरनेट निषेध गर्न सम्भव हुँदैन। अहिले त देशको इन्टरनेटको आन्तरिक मात्र होइन बाह्य सञ्जाल पनि हुन्छ जसले गर्दा नेटवर्क कनेक्सन शतप्रतिशत बन्द हुन सम्भव नै छैन। अन्तरिक्षमा हुने गतिविधिले इन्टरनेट कनेक्सनमा सबैभन्दा खराब असर पर्छ। ‘सौर्य तुफान’ले स्याटलाइट, पावर, ग्रिड तथा कम्प्युटर सिस्टम सबै ठप्प हुन सक्छ।