
एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा युवा फरवार्ड कीलियन एमबाप्पेको सानदार ह्याट्रिकले गर्दा पिएसजीले बार्सिलोनालाई ४-१ हराएको छ ।

बार्साको घरेलु मैदान नोउ क्याममा गएराती भएको खेलमा खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गरि अग्रता दिलाए पनि एमबाप्पेले सानदार गोलले बार्सिलोनाको लज्जास्पद हार भएको थियो ।
पिएसजिको जितका लागी एमबाप्पेले ह्र्याट्रिकका साथ मौइज किनले पनि एक गोल गरेका थिए ।

खेलको २७ औं मिनेटमा बार्साले पाएको पेनाल्टिको सदुपयोग गर्दै मेस्सिले बार्सालाई १ – ० ले अघि बढाए । तर त्यसको पाँच मिनेट पनि बित्न नपाउँदै एम्बाप्पेले उत्कृष्ट गेल गर्दै खेललाई बराबरीमा ल्याए ।

दोस्रो हाफको ६५ औं मिनेटमा पिएसजीले एमबाप्पेकै गोलमा अग्रता लियो । त्यसको ५ मिनेटपछि इटालियन फरवार्ड मोइस किनले अग्रता दोब्बर पारे । र र खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे ।
त्यस्तै पिएसजी र बार्सिलोनाबीच दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ । चोटका कारण बाज्रिलियन च्याम्पियन नेयमार मैदानमा नभए पनि पिएसजिले उत्कृष्ट प्रस्तुतिकरण दिएको थियो ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्