काठमाडौं । दोगडाकेदार गाउँपालिका ७ बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यामा संलग्न १६ वर्षिय एक किसोरलाई नेपाल प्रहरीको टोलीले प्रकाउ गरेर सार्वजनिक गरिएको छ । घटना भएको लगभग २ साता बढी पछि प्रहरीले विभिन्न क्लुका आधारमा उनलाई सोधपुछ गरि प्रकाउ गरिएको हो ।

भट्टको घटना पनि कंन्चनपुरकी निर्मला पन्तकै जस्तो हुने आशंका गरिरहेका बेला प्रहरीले १६ वर्षिय किसोरलाई आरोपी सार्वजनिक गर्दा थुप्रैले प्रहरीको वाहवाहि गाएका छन् । भने वैतडिका स्थानियले त उनीहरुलाई फुल माला नै लगाइदिए । सामाजिक संजालमा पनि भट्टको अभियुक्तलाई समात्दा प्रयागकर्ताहरुले प्रहरी प्रशासनको निकै प्रशंसा गरेका छन् ।

यत्तिकैमा भट्टको हत्याको आरोपीलाई प्रकाउ गरेकामा नेपाल प्रहरी सहितको टिमलाई गृहमन्त्री रामबहादुर थापाले पनि धन्यवाद दिएका छन् । मन्त्री थापाले संजालमार्फत हत्यामा संलग्न कानुनि दायरामा आएको बताउँदै प्रहरीलाई धन्यवाद दिएका हुन् ।

थापाले फेसबुकमा लेखेका छन् ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारबाहीको दायरामा आएका छन् । निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद । सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहोर्‍याउन चाहन्छु ।’

तर, घटनामा निकै मेहेनत गरेर हत्यारा प्रकाउ गरेपनि कतिपय मानिसहरु भने अझै खुसी नभएको देखिएको छ । भागरथी जस्तै निर्मला पन्तको चाँहि कहिले भन्ने प्रश्न प्रहरी प्रशासनलाई गरेका छन् ।

कतिले प्रहरीको मेहेनतलाई सलुट गरेका छन् । उनीहरुले प्रकाउ गरे पनि आरोपीको कारबाहिमा कुनै पनि राजनितिक गन्ध नल्याउन समेत आग्रह गरेका छन् ।

यसै सन्दर्भमा भट्टकोे आरोपी प्रकाउका केहि टिप्पणीहरु