
एजेन्सी । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड र लेभान्टे गएराती भएको खेलमा १–१ बराबरीमा रोकिएका छन् ।

लेभान्टेको मैदानमा भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको अवस्थामा बराबरी गर्न सफल भएको हो । घरेलु टोली लेभान्टेका इनिस बार्धीले गोल गर्दा एट्लेटिकोका मार्कोस लोरेन्टेले बराबरी गोल फर्काए ।
खेलको १७औं मिनेटमा इनिस बार्धीको गोलबाट लेभान्टले अग्रता लिएको थियो । ३७औं मिनेटमा मार्कोस लोरेन्टेले कोकीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यो बराबरीसँगै शीर्षस्थानमा रहेको एट्लेटिकोको २२ खेलबाट ५५ अंक पुगेको छ ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्