एजन्सी । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा गएराती भएको खेलमा इटालियन च्याम्पियन युभेन्ट्स पोर्चुगिज च्याम्पियन एफसी पोर्टोसँग २–१ ले हार व्यहोरेको छ ।

May be an image of ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  people playing sports

पोर्टोको मैदानमा भएको खेलमा घरेलु टोलीका लागी मेहेदी तारेमी र मोउसा मरेगाले गोल गरेका थिए भने युभेन्टसका लागीफेडरिको चिइसाले एक गोल फर्काएका थिए ।

May be an image of २ जना मानिसहरू, people playing sports तथा  stadium

खेलको पहिलो मिनेटमा नै सम्हालिन नपाउदै पोर्टोले मेहेदी तारेमीको गोलबाट युभेन्टसविरुद्ध अग्रता लिएको थियो । दोस्रो हाफमा पनि शुरुमै मोउसा मेरेगाले गोल गर्दै पोर्टोको अग्रता दोब्बर बनायो ।

May be an image of २ जना मानिसहरू, people playing football तथा  घरबाहिर

८२औं मिनेटमा चिइसाले गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यसपछि गोल निस्कन नसक्दा युभेन्टस पराजित हुन पुग्यो ।

May be an image of 1 व्यक्ति तथा  playing football

अब यि दुई टोलीबीचको दोस्रो लेगको खेल १० मार्चमा हुने भएको छ ।