
काठमाडौँ। नेपालमा चीनमा विकास गरिएको कोरोनाविरुद्ध खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ।
औषधि व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै चिनियाँ कम्पनी बेजिङ इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्टले विकास गरेको उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको छ।
यो खोपको विश्वसनीयता ७९ प्रतिशतसम्म रहेको बताइएको छ। यसअघि भारतको सेरम इन्स्टिच्युटले निर्माण गरेको ‘कोभिसिल्ड’ नामक खोपलाई नेपालले अनुमति दिइएको थियो। उक्त खोप नै नेपालमा अनुमति पाएको पहिलो खोप हो।
सरकारले अहिले खोप अभियानमा प्रयोग गरेको खोप पनि कोभिसिल्ड नै हो। भारतले १० लाख डोज खोप अनुदानमा नेपाललाई दिएको थियो।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्