काठमाडौं । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको पीसीआर परीक्षण गरिएकामा ९६ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ ।

विगत चौबीस घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६९ हजार ५०५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको थियो । हाल क्वारेन्टिनमा ७१ जना छन् भने आइसोलेसनमा एक हजार ६०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।