काठमाडौँ । कँहि भयानक जाडो त कँहि आवश्यकता भन्दा बढी गर्मी । कँहि भयङ्कर सुख्खापन त कँहि अचानक बाढी अनि भूस्खलन । अत्यधिक आगो, पानीको लहर विश्वमा मानिसहरू यस्तै आपत्तिको हरेक दिन सामना गरिरहेका छन् । भारतको उत्तराखण्डमा फुटेको हिमनदी होस् या अमेरिकाको टेक्सास आएको बरफको आधिँबेहेरी । या फेरी नेपालमा कयौंदिन देखी मनाङमा लागी रहेको डढेलो होस् या त इतिहासमै २०२० सबैभन्दा गर्मीयुक्त वर्ष । वैज्ञानिकहरूले यदि प्रकृतिसंग विश्वभर भइरहेको छेडछाडलाई रोकिएन भने यो भन्दा भारी नोक्सान उठाउन पर्न सक्ने चेतावनी दिएका छन् ।

जलवायुको खोप कहिले

जहाँ दुनियाँ भाइरसलाई लिएर चिन्तामा छ त्यहि विश्वका कयौँ वैज्ञानिकहरू भने पर्यावरणलाई लिएर चिन्तित छन् । कोरोना भाइरसको हल पत्ता लगाउनु जलवायु सङ्कटको समाधान खोज्नुभन्दा ज्यादा सजिलो भएको वैज्ञानिकले उल्लेख गरेका छन् ।

कोभिडको खोप एक वर्षको अन्तरालमै पत्ता लगाइएको छ तर जलवायु परिवर्तनको खोप कहिले भन्ने प्रश्नहरू विश्व समाजबाट उठ्न थालेका छन् । तर जवाफ भने अनुत्तरित ।

विश्वले कोभिड माथिको जंग जित्नका निम्ति खोप प्रयोगमा ल्याइसकेको छ र अब नयाँ प्रकारको कोरोना भ्याक्सिन पनि छिट्टै परिचालनमा आउने क्रममा छ । तर जलवायु प्रभावका कारण भविष्यमा कोरोनाले भन्दा बढी व्यक्तिको ज्यान जाने र शताब्दीको अन्तसम्म हरेक वर्ष मृत्यु हुनेको आकंडा पाँच गुणा बढी हुने अनुमान वैज्ञानिकहरूले लगाएका छन् ।

स्टिल प्लान्ट, सिमेन्ट प्लान्ट, बिजुली यातायातमा अहिलेबाटै सुधार गर्न आवश्यक छ । यदि हामीले कार्बन उत्सर्जनलाई जिरो लेभलमा ल्याउने हो भने मानवताको अहिलेसम्मको सबैभन्दा ठुलो उपलब्धि हुनेछ ।

इतिहासलाई हेर्ने हो भने विगत ३० वर्ष देखी मानव जातीले सोचेभन्दा बडी सफलता हासिल गरेको र विश्व पुरै प्रविधिमय युगमा फड्को मारेको छ । विश्वमा जङ्गल फडाँनि गरेर ठुलठुला सहरहरू बसाइएका छन् । लाखौँको सङ्ख्यामा कम्पनी, उद्योग कलकारखानाको विकास भएका छन् । तर तीनै ठाउँबाट निस्किएका ग्यास, ढल, दूषित पदार्थहरू वातावरणमा मिसिएर पर्यावरण दिनानुदिन अप्रत्यक्ष ढङ्गबाट गए गुज्रिएको अवस्थामा पुग्दै छ ।

जलवायुको असरबाट कोही पनि बच्न सकेका छैनन् । सबैभन्दा धनी तथा तागतवर भनिएका देश पनि। गर्मी, सर्दी जस्तो मौसमलाई बुझ्न मुस्किल हुँदैन । तर जुन तरिकाले यिनमा बदलाव आइरहेको छ । त्यो धैरै ठुलो कुरा हो । विशेष किसानका लागी ।

विशेषतः निजी कम्पनीहरू जो कार्बनको उत्सर्जन गरिरहेका छन् र जलवायुलाई लिएर जिम्मेवार छैनन्, तीनले गर्दा पनि वातावरणमा अनुकूल असर परिरहेको छ ।

सरकारी नीतिको बिना जलवायुको परिवर्तनमा अरूले केहि गर्न नसकिने वातावरणविद्हरुको ठम्याई छ । तर अहिलेका युवा पीढीलाई पर्यावरण तथा मानिसहरूको जीविकाको चिन्ता छ । युवाहरूले यदि वातावरणको विषयमा गम्भीर भई प्राथमिकता दिएमा मात्रै अबको विश्वको वातावरण बच्न सक्ने कयौँ वैज्ञानिकहरूको पनि तर्क रहँदै आएको छ ।

जलवायुको विषयमा गम्भीर नहुँदा भर्खरै मात्रै भएका दुई घटनालाई उदाहरणका रूपमा लिन सकिन्छ ।

जहाँ शक्ति राष्ट्र डोनाल्ड ट्रम्प पेरिस सम्झौताबाट बाहिर निस्किएका थिए । त्यहीँ बाईडेनले सत्ता समालेको केहि क्षणमै पुन: अमेरिका उक्त सम्झौतासँग जोडियो । उनको लक्ष्य दुनियाँको तापमानलाई घटाउनु रहेको छ। बाइडेन प्रशासनले देशको सबै विभाग र सरकारी एजेन्सीहरूलाई जलवायुमाथि ध्यान केन्द्रित गर्न आदेश दिएका छन्।

यद्यपि अमेरिकामा प्रकृतिको मार वर्षौँपिछे पर्ने गरेको छ । क्यालिफोर्नियामा पछिल्लो वर्ष सुख्खा भई जंगलमा भीषण आगलागी भएको थियो र यो वर्ष पनि शक्तिशाली राष्ट्रले प्रकृतिले दिएको सजाय भोग्दै छ । अमेरिकामा हाल कँहि हिस्सामा सर्दी बढ्दै गएको छ । कहिल्यै हिउँ नपर्ने दक्षिणी राज्य टेक्सासमा समेत बितेका तीन दशकपछि हिमआँधिबेहरी गैरहेको छ ।

त्यस्तै अर्को उदाहरणलाई पेस गर्दा छिमेकी देश भारत पनि जलवायु परिवर्तनको मारमा परेको छ । भर्खरै भारतको उत्तराखण्डमा आएको बाढीलाई जलवायुलाई जिम्मेवार ठहराइएको छ । वैज्ञानिकहरुका अनुसार हिमालय हिमनदीको एक भाग टुटेर पग्लियो जस कारण त्यहाँका मानिसहरूले भयानक बाढीको सामना गर्नु परेको तर्क गर्छन् ।

देहरादुनमा रहेको हिमालिया जियोलोजीको वैज्ञानिकहरूले हिमालयमा झुन्डिएर बसेको हिमनदी समयको साथै कमजोर हुँदै बरफ पग्लिएको र बाढीको रूप लिएको प्रस्ट पारेका छन् ।

जुन एक प्रमाण हो, जलवायु परिवर्तनको असरबाट कोही पनि बच्न सक्दैन ।

पर्यावरण जानकारका अनुसार हिमालय भनेको कच्चा पहाड हो । सरकारी तथा गैरसरकारी पक्षबाट विकासका लागी जनप्रकारको विस्फोटनहरू गरिन्छन्, त्यसले पहाडहरू कमजोर बन्दै जान्छन् । केहि समयको अन्तरालमै देशमा विकास भएको भनिए पनि पहाडहरू कमजोर हुँदै जाने हुनाले प्राकृतिक विपत्तिले व्यापक रूप लिएर आउँछन् ।

नेपालमा जलवायु परिवर्तन

जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । तर यसबाट धनी राष्ट्रहरूको तुलनामा गरिब राष्ट्र बढी प्रभावित भएको वातावरण विभागको निष्कर्ष छ । नेपालले हरित गृह ग्यास उत्पादनमा नगन्य भूमिका भएपनि अन्य धनी राष्ट्रमा हुने उत्सर्जनले नेपाल उच्च जोखिममा रहेको जलवायु परिवर्तन महाशाखाका प्रमुख राधा वाग्ले बताउँछिन् ।

चिन, भारतजस्ता ठुला देशले उत्पादन गरिरहेको कार्बन ग्यासका कारण बिचको नेपाल जेलिँदै गएको वाग्लेको भनाई छ ।

विगत केहि दशकयता वायुमण्डलीय तापक्रममा भएको तीव्र वृद्धि र त्यसबाट सिर्जना भएका अनावृष्टि, अतिवृष्टि खडेरी जस्ता जलवायुजन्य प्रभावबाट नेपालका हिम शृङ्खला, हिमनदीसहित खोला तथा वन्यजन्तुलाई समेत असर पारेको जलवायुको महाशाखाको रिपोर्टमा उल्लेख गरिएको छ ।

सरकारले गर्नुपर्ने भूमिका

अहिले विश्वमा पर्यावरणमा आइरहेको विपत्ति केवल नमुना मात्रै भइरहेको विश्व वैज्ञानिकहरूको भनाई छ । सारा दुनियाँले विकासका नाममा गरेका विस्फोटन, उत्पादनमा नाममा निस्केका ढल, कार्बन ग्यास, नयाँ सहर निर्माण गर्ने फडाँनि हुँदै आइरहेको वनजंगलका कारण अब आउने पिढिँले पर्यावरण जोगाउन निकै कसरत गर्ने आवश्यक छ । त्यत्ति मात्रै होइन विश्वकै राष्ट्रहरूले जलवायु परिवर्तनमाथि पनि निकै लगानी गरेमा भने केहि हदसम्म बिग्रिन लागेको वातावरण जोगाउन सकिने वातावरणविद्हरूको सुझाव छ ।

भविष्यमा आउने यस्ता भूक्षय, बाढी, अतिवृष्टि, अनावृष्टिलाई पहिचान गर्न सरकारले बेलामै विज्ञहरूको प्रयोगमा समस्या पत्ता लगाई समाधानका लागी स्रोत परिचालन गर्नुपर्ने पर्यावरणको विषयमा जानकार राख्ने भूपेन्द्रनाथ शर्मा बताउँछन् ।

सरकारले नीति बनाइ ती कानुनलाई कागजमै सीमित राख्नुभन्दा पनि स्थानीय तहसम्म पुर्‍याएर त्यहाँको जनता र प्रतिनिधिलाई पर्यावरणबारे सचेत गराउनु पर्ने शर्माको जिकिर छ ।

यदि हामी स्थानीय तहसम्म गएर जलवायु परिवर्तनको बारेमा सोधियो भने ९० प्रतिशत प्रतिनिधिहरू नै यस विषयमा जानकार नहुने उनले ठोकुवा गरेका छन् । जलवायुमा नेपालको नीति निकै फितलो भएको र पर्यावरणमा काम गर्ने संस्थाहरूलाई समेत सरकारले प्रेरित नगरेको पाइन्छ ।

नेपालमा पर्यावरणको लागी फाट्टफुट्ट काम गर्ने संस्थाहरू भएपनि उनीहरूले खासै काम गर्न नसकेको बताउँदै शर्मा भन्छन्, ‘जलवायुको विषय हालसम्म हाम्रो देशमा केवल मिटिङ र छलफलमा मात्रै सीमित छ, फिल्डमै गएर काम भने कदापि हुन सकेको छैन।’

नेपालले जलवायु परिवर्तनका निम्ति के गर्‍यो ?

जलवायु परिवर्तनको क्षेत्रमा नीतिगत समन्वय गर्न २०६६ सालमा प्रधानमन्त्रीको अध्यक्षतामा विज्ञहरू समेत संलग्न गरी जलवायु परिवर्तन परिषद् र जलवायु परिवर्तन सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्न बहुपक्षीय सरोकारवालाहरूको सहभागिता रहेको जलवायु परिवर्तन सम्बन्धी समन्वय समितिको गठन गरिएको वातावरण विभागले जनाएको छ ।

विभागका अनुसार जलवायु परिवर्तनसंग सम्बन्धित अन्तर्राष्ट्रिय प्रक्रियामा नेपालको सक्रिय सहभागिता भएको पनि वातावरण विभागका प्रवक्ता प्रकाश लम्सालले बताए । प्रवक्ता लम्सालका अनुसार नेपालले क्योटो महासन्धि , पेरिस सम्झौता, सेन्डाई खाका दिगो विकास लक्ष्यको पराराष्ट्र भई अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त अवरसलाई राष्ट्रिय आवश्यकता बमोजिम सदुपयोग गरी सोहि अनुरुपको दायित्वहरु निर्वाह गरेको छ ।

समुदाय स्तरमा पनि विभिन्न सामुदायिक संघसंस्था नागरिक समाज, निजी क्षेत्र अन्य संस्थाको सहयोगमा समुदाय लाई केन्द्र बनाई योजना बनाएको र वन विनास, वन क्षयीकरणबाट हुने हरित गृह ग्याँस उत्सर्जन कटौती गर्न नेपाल राष्ट्रिय रेड रणनिती कार्यान्वयनमा ल्याइएको छ, उनले भने ।

नेपालमा जलवायुको नकारात्मक असर

जलवायु परिवर्तनमा नेपाल पेरिस सम्झौतामा आबद्ध भई त्यस अन्तर्गत रहेर नीतिको निर्माण गरेको भएपनि नेपालमा हिम गलन तीव्र रूपमा बढी रहेको वातावरण विद्हरुको भनाई रहेको छ ।

तीव्र रूपमा हिमालहरू पग्लिदैं जानले हिमतालहरूको आकार बढी रहेको र हिमतालहरू फुट्ने खतरा नेपालमै पनि भएको वातावरणका जानकारहरू बताउँछन् । जलवायु परिवर्तनको नकारात्मक प्रभावले ऊर्जा, मानव स्वास्थ्य, पर्यटनका क्षेत्रमा प्रत्यक्ष असर परेको महसुस गरिएको छ भने बाढी, पहिरो, हावाहुरी डढेलो जस्ता प्रकोप बढ्दो छ ।

उदाहरणका रूपमा लेख्नुपर्दा यही वर्षको गर्मी याममा भूकम्पले शिथिल पारेको सिन्धुपाल्चोक, बागलुङलगायत देशभर गएको पहिरोको कारण दर्जनौँको मृत्यु भयो भने लाखौँ जनधनको क्षति भयो । त्यस्तै अहिले जाडो याममा ताप्लेजुङको पाथीभरा नजिकैको जङ्गलमा हप्तौँ दिनसम्म डढेलो लाग्यो भने मनाङमा पनि डढेलो लागी वस्ति नै खतरामा परेको छ ।

पेरिस सम्झौता

राष्ट्र सङ्घको अगुवाइमा निकै लामो छलफलपश्चात् सन् २०१५ नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा पारित जलवायु परिवर्तन नियन्त्रण सम्बन्धी सम्झौतालाई विश्वले भने एक ऐतिहासिक उपलब्धिका रूपमा मान्दै आएको छ ।

यस संयन्त्रअनुसार प्रत्येक मुलुकले उत्सर्जन गर्ने हरित गृह ग्यास र प्रगतिबारे पारदर्शी भएर नियमित रूपमा रिपोर्ट गर्नुपर्ने हुन्छ । साथै, मुलुकले आर्थिक स्रोतसहित प्राकृतिक स्रोत र जलवायु परिवर्तन समाधानका लागि गरिने लगानीप्रति सटिक हुनुपर्छ । विश्वको तापक्रम वृद्धिलाई १/५ डिग्री सेल्सियसमा सीमित राख्न पनि सहभागी देशले हरित गृह ग्यासको उत्सर्जन न्यूनीकरण गर्न महत्त्वाकाङ्क्षी योजना ल्याउनैपर्छ ।

के हो हरित–गृह ग्यासको प्रभाव

विगत दुई शताब्दीदेखि विश्वव्यापी रूपमा तीव्र गतिमा बढ्दो औद्योगिकीकरण दुष्प्रभावहरु निम्त्याएको छ । औद्योगिक उत्पादनको क्रममा धुवाँ, धुलोका कण, रसायन मिश्रित तातो ग्यास र तातो हावा पर्यावरणमा विसर्जन हुन्छन् । यस्ता विषाक्त र घातक फोहर मैला विभिन्न रूपमा घुमी फिरी सिधै पृथ्वीको सतहको वातावरणमा पुगी वायुमण्डलको निरन्तर तापक्रम वृद्धि गराइरहेका हुन्छन् ।

अर्कातर्फ, लामो समयको खडेरीले उत्पन्न गराउने अति उष्ण वायु, अनावृष्टि, बन जङ्गलमा लाग्ने डढेलो, मरुभूमिका बालुवा तातेर बहिर्गमन भई तापक्रम वृद्धि गराइरहेको छ । फलाम, स्टिल, आलुमिनियम, सिसा तथा अन्य धेरै प्रकारका गह्रौँ धातुजन्य वस्तुहरू ठुलो परिमाणमा उत्पादन गर्ने ठुला उद्योग कलकारखानाले कच्चा पदार्थ प्रशोधन गर्ने क्रममा धातु गाल्दा निक्लने कम्तीमा सात/आठ सय डिग्री सेल्सियस तापमान इत्यादि जस्ता कारक तत्त्वहरूले भूमण्डललाई तताउने कार्यमा निरन्तर सघाउ पुर्‍याउँदै आएका छन् । यस प्रकार पृथ्वीको वातावरणमा तापक्रम वृद्धि गराउन कारक तत्त्व उष्णवायु तथा घातक ग्यास उत्सर्जन हुने प्रक्रियालाई वैज्ञानिकहरूले समग्रमा हरित–गृह ग्यास उत्सर्जन (ग्रिन हाउस इफेक्ट) नामकरण गरेका हुन् ।

हरित गृह ग्यास उत्सर्जनले एउटा निश्चित क्षेत्र वा देश माथिको आकाश मात्र तताउने काम गर्दैन। वायुमण्डलभित्र प्रवेश गरेका यस्ता उष्ण र हलुका हावालाई उच्च चापीय हावाले उडाएर धकेल्दै हजारौँ किलोमिटर टाढासम्म पुर्‍याउँदछ। सूर्यबाट पृथ्वीतर्फ निरन्तर आइरहने किरण सँगसँगै पृथ्वीमा बसोबास गर्ने मानवलगायत जीव तथा वनस्पतिका लागि अत्यन्त घातक कडा रापयुक्त तत्त्व सौर्य विकिरणलाई पृथ्वी वरिपरि रहेको बाक्लो ओजोन आवरणले छानेर नियन्त्रण गरी पृथ्वीलाई बचाई रहेको छ।

पृथ्वी वरिपरि ओजोन तह नहुने हो भने यस ग्रहमा जीव तथा वनस्पतिको अस्तित्व नै सम्भव हुँदैन।यसको अभावमा सूर्यबाट आउने सौर्य विकिरणका कारण सबै जीव तथा वनस्पति केही समयभित्रै डढेर सखाप हुने थिए। पृथ्वीलाई प्रकृतिको वरदान स्वरूप रहेको ओजोन आवरण र पृथ्वीको सतहका बीच माथि उल्लेख गरिएकै प्रक्रिया अनुसार घातक उष्ण वायु पृथ्वीको वरिपरि सर्वत्र निरन्तर उडिनै रहेको हुन्छ।

यस प्रकार निरन्तर उडिरहने उष्ण वायुले पृथ्वीको तापक्रमलाई बिस्तारै निरन्तर बढाई रहेको छ । यस्तो प्रक्रियालाई नै वैज्ञानिकहरूले विश्व तापमान वृद्धि (ग्लोबल वार्मिङ्ग) भनेका हुन् । हरित गृह ग्यास उत्सर्जनबाट पैदा हुने ग्लोबल वार्मिङ्गले पृथ्वीको अस्तित्व र जीव तथा वनस्पतिको रक्षक, ओजोन आवरणलाई बिस्तारै कमजोर पार्दै लग्ने पक्का छ । साथसाथै, पृथ्वी सतहमाथि ठाउँ ठाउँमा खतरनाक उपस्थिति रहेका काला छिद्र ९ब्ल्याक होल० लाई यही हरित–गृह ग्यास उत्सर्जनले अझ फराकिलो बनाउने छ । यसले सूर्यबाट आउने विकिरणयुक्त कडा राप सोझै पृथ्वीमा सम्पर्क गराउने खलनायकको भूमिका निर्वाह गरिरहेको छ । अहिले नै यसलाई नियन्त्रण, रोकथाम नगर्ने हो भने केही शताब्दीमै यस सुन्दर धर्तीको विनाश पक्का रहेको सचेत गराउँदै वैज्ञानिकले भविष्यवाणी गरेका छन् ।

अब – निर्णय लिने

हामी सानै देखी जलवायु परिवर्तनको बारेमा पढ्दै आएका छौँ । सरकारले पनि जलवायुमा सुधार ल्याउने हेतु राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ल्याएको छ । विश्वको सयौँ राष्ट्रहरू हरित गृह ग्यास उत्सर्जनमा प्रभावशाली रूपले न्यूनीकरण गर्ने लक्ष्यसहित पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन् । तर पनि विश्वमा जलवायुको नकारात्मक प्रभाव हाबी भइरहेको छ । कुनै पनि राष्ट्रले जलवायुलाई प्राथमिकताभित्र राखेको पाइएको छैन ।

विश्वका राष्ट्रहरूले जलवायु परिवर्तनको सम्बन्धमा टेबलमा नीति तयार पारेका छन् । फिल्डमा भने जान नसकिरहेको कतिपय अध्ययनहरूले देखाएको छ । तर अस्ट्रेलियाको जङ्गलमा लागेर ५० औँ करोड जीवजन्तुको नास भएको होस् या अमेजनको जङ्गलमा लागेको डढेलो हाम्रा नीतिले यस्ता घटनाहरू रोक्न सकेका छैनन् । कारण एउटै हामीसँग कानुन छ तर कार्यान्वयन शून्य ।

तसर्थ तर अबको समय हो फैसला लिने हो । जलवायु परिवर्तनले मानिसको रहनसहनलाई पनि प्रभाव पारेको छ । जब पर्यावरण रूपान्तरण हुन्छ तब हाम्रो जीवन पनि रूपान्तरित हुँदै गैरहेको छ ।

कार्वनडाइअक्साइड, मिथेन जस्ता ग्यासहरू छोड्नाले वातावरणमा परेको प्रभावलाई ग्रिन हाउस प्रभाव भनिन्छ । जुन विश्वमा कम समयमै भएको छ । यसको नतिजामा पृथ्वी तातो भइरहेको छ । जलवायुमा बदलाव आएको कारण हिमनदी सामान्य भन्दा बढी द्रुत रुपमा पग्लिरहेको छ । समुन्द्रको स्तर बढ्दै गैरहेको छ । सुख्खा र चक्र वात जस्ता मौसमी घटनाहरू सामान्य बन्दै गएका छन् । यस्ता प्राकृतिक घटनाको प्रभाव मानिसको दैनिक कार्यजिवनमा पर्छ । यस्ता परिघटनाहरू मानिसको निर्मित सुविधालाई बाधा र सञ्चार, व्यापारमा असर पुर्याउँछन् ।

बढ्दो जलवायु परिवर्तनका बेलाबेलामा आउने मिस्डकलले विकाससँग जोडिएका गतिविधिलाई प्रभावित गरिरहेको छ । पर्यावरणको बदलिदों स्वरूपले धनी राष्ट्र भन्दा पनि गरिब राष्ट्र दलदलमा छन् ।

जलवायु परिवर्तन भइरहेको सत्य हो । तर अब अझै कतिसम्म पर्यावरण नास हुन्छ भन्ने कुरा आम मानिसले गर्ने कामहरू र आर्थिक गतिविधिमा निर्भर रहन्छ । सरकारले बनाएको नीतिलाई अवलम्बन गर्ने या नगर्ने मानिसको हातमा रहेको छ ।

तर के कुरा वातावरणबाट कार्बनको मात्रा हटाउनु मात्रै हो रु उत्तर – वैज्ञानिकहरूको अनुसार यदि हामीले कार्बन प्रयोग गर्न छोडी हाले पनि दुनियाँको तापमान बढ्न तुरुन्त रोकिने छैन । किनकि हामीले पहिल्यै वातावरणमा ग्यासलाई एकत्रित गरिसकेका छौँ । त्यसैले हामीले निम्न दुई कुराहरूलाई एकैसाथ प्रयोग गर्न आवश्यक छ । एक हरित–गृह ग्यासको उत्पादनमा कमी ल्याउन । दोस्रो रोक्न नसकिने जलवायु परिवर्तनमा जीवन जिउन सिक्न ।

हामीले भविष्यमा हुनसक्ने जलवायु परिवर्तनलाई अनुमान लगाउँदै रणनीति बनाउनु आवश्यक छ । सरकारले पनि जलवायुलाई ध्यानमा राखेर विकासका योजना बनाउन सक्नुपर्दछ । सरकारले गरेका वर्तमान विकासका कार्य भविष्यमा हुन सक्ने प्राकृतिक क्षतिको अध्ययनमा आधारित हुन आवश्यक छ । जलवायु परिवर्तनको एक सम्भावित परिणाम हो वर्षामा बदलाव आउनु । यसको कारण कहिलेकाहीँ एकै स्थानमा सुख्खा पनि पर्न सक्छ अनि भारी वर्ष पनि ।

जलवायु परिवर्तन सरकारको विषय मात्रै होइन हामी सबै आम नागरिकको विषय हो ।

हामीले जमिनसँग जोडिएका योजना बदल्नु जरुरी छ ताकि भविष्यको चुनौतीको सामना गर्ने सिलसिलामा हामी सक्षम हौँ । हामीले हरेक दिन गरेका कार्यले वातावरणलाई के कस्ता प्रतिकुल असर पुगिरहेको छ भन्ने प्रश्नमा पनि ध्यान दिन जरुरी छ ।

सरकारले ध्यान नदिएको अवस्थामा जलवायुको ख्याल राख्नु पर्ने हाम्रो कर्तव्य हुन आउँछ ।

तसर्थ, दुनियाँको तापमानलाई घटाउन दुनियाँ आफै लाग्नुपर्छ ताकि आउँदो भविष्यमा जलवायुका कारण मानिसहरूको मृत्यु कम होस् ।

मानव विकासको परिणाम