काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकामा भएको १७ वर्षीया भागरथी भट्टको हत्यामा प्रकाउ परेका दिनेश भट्टले बलात्कार पनि गरेको स्विकार गरेका छन् ।

फागुन चार गते प्रकाउ परेका दिनेशले हत्या गरेको भएपनि बलात्कार नगरेको बयान दिएका थिए । तर आज बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतले जानकारी गराएको छ।

अनुसन्धान अधिकृतका अनुसार दिनेशका परिवार हिरासतमै भेट्न आएपछि उनले आफुले दिदि भागरथिको बलात्कार गरि हत्या गरेको स्विकार गरेका हुन् । दिनेशले क्लुका रुपमा  भागरथीको  घटनास्थलमै घडी चुँडिएको र फ्याँकेको बताएपछि प्रहरीले उक्त स्थानमा गई घडि भेटाएको थियो ।

भागरथिको परिवारले हत्याको आरोपी पत्ता लागे पनि बलात्कार गरेको स्विकार नगरेको हुँदा शव बुझ्न मानेको थिएन । विगतमा आफ्नी फुपुलाई भागरथीका पिताले दुव्यर्वहार गरेको भन्दै त्यसको बदला लिन हत्या गरेको दिनेशको बयान छ ।