मन्थली । शुक्रबार रामेछापको मन्थली नगरपालिकाको मच्छेडाडीमा बस दुर्घटनामा पर्दा १७ जना विद्यार्थी घाइते भएका छन् । नेपाली स्काउटको विद्यार्थी बोकेको उक्त गाडी दुर्घटना हुँदा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर बन्न पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबारदेखि मन्थलीमा संचालन हुने तेश्रो मन्थली नगरपालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा भाग लिनका लागि सेतीदेवी मावि सालुबाट स्काउट विद्यार्थीहरु सदरमुकाम मन्थली आउदाँ दुर्घटना भएको हो ।

५३ जना सवारमध्ये घाइते भएकाहरुलाई तामाकोसी अस्पतालमा राखिएको छ ।