काठमाडौँ। नेपालमा पछिल्लो २४ घन्टामा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार २ सय ६३ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, हालसम्म १ हजार ५ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।

शुक्रवार १ सय १४ जना संक्रमित भाइरस मुक्त भएका छन् । यससँगै हालसम्म कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार, शुक्रवार ३ संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कुल २ हजार ६१ जनाको मृत्यु भएको छ ।