काठमाडौं । नेपालमा १०४ वर्षीय राणा शासनको अन्त्य भई प्रजातन्त्र उदाएको आज ७१ वर्ष टेकोको छ ।  तर पनि जनताले आफ्नो अधिकार पाएका छैनन् । जनता खुसी छैनन् । मुलुकमा  ७० वर्षको अन्तराल भित्र प्रजातन्त्र देखी लोकतन्त्र हुँदै गणतन्त्रको समेत स्थापना भएको छ । तर पनि जनताहरू संघर्षका पाइला सडकमा चालिरहेका छन् । गाउँ गाउँबाट मानिसहरू लोकतन्त्रको रक्षाका निम्ति निरन्तर राजधानी धाइरहेका छन् । 


यी सबैलाई साइडमा राख्दै यस सन्दर्भलाई सामाजिक सञ्जालसँग जोड्ने हो भने प्रयोगकर्ताहरू पनि आजको फागुन सातलाई प्रजातन्त्र नभई हाम्रो अवस्थामा प्रजा लाई अंतक भएको व्याख्या गरेका छन् । 


संजालमा आजको प्रजातन्त्र टिप्पणी निकै चाखलाग्दो छ ।


 एक प्रयोगकर्ता भन्छन्, ‘आफ्ना घर व्यवस्थापन गर्न नसक्ने, दलभित्र सुशासन र आन्तरिक प्रजातन्त्र शून्य हुने, दलका विधि(विधान मान्नु नपर्ने, दलका अधिवेशन समयमा नगर्ने  तर जसरी पनि नेतृत्वमै रहनुपर्ने, पदका लागि जस्तोसुकै सम्झौता गर्ने  दल र  तीनका नेताहरूबाट देशमा सुशासन पाइन्छ भनेर आशा गर्नु पर्ने कठै हामी ।’


त्यस्तै अर्को प्रयोगकर्ता लेख्छन्, ‘२००७ सालको प्रजातन्त्र दिवस हो आज।  विदेशवादी दलालहरूले नमनाए अति राम्रो ०४६र०६३ को भ्रष्टाचार र लुटतन्त्र दिवस होइन।प्रजातन्त्र र गणतन्त्रको नाउँमा विदेशीका मतियार नेता भनाउँदाहरूले देश र जनता लाई राणा शासन भन्दा बढी आफूखुसी मनपरी शासन सत्ताको दुरुपयोग गरेका छन्।’


थप….