
हाँसेर बाँच्ने रहर बोकि नखाने हरेस
सन्तानका लागि बाबा र आमा सर्वेश्वर महेश
आमा हुन् धर्ती यो सत्य कुरा बाबा हुन् आकाश
बुढेसकाल्मा जिवन रुखो हुन्छ मन झसङ्ग।।
कछाड दौरा त्यो कालो टोपी हुन्नथ्यो धोएको
झल्झली याद आउँछ गाई भैंसी फोएको
दिन र रात गाउँ बेसी धाए सन्तानका खातिर
छाडेर जान्छन् मौलानी हुन एक्लो हो आखिर।।
त्यो भोको पेट कसेर बने बा नित्य पहरा
खोजेर हिडे चारदिशा सबै प्रदेसी सहर
रोगले गाल्यो औषधी खाँदा हुदैँन निमन
न छोराछोरी छन् आफ्नो साथ एक्लो छ जिवन।।
पैसाकै पछि दौडिए सबै कोहि छैनन् साथमा
हे दैव किन डोर्याउँदैछस् अधेरी रातमा
वंशधर पनि रहेछ झूठो खायो मन हरेस
पिउनेपानी कोहि छैन दिने आँगन परदेश।।
लेखिका : सिता देवि पौडेल

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्