बिहे भएको बिस वर्ष सम्म पनि म उनकै साथमा छु । अहो यो भन्दा खुसीको कुरा मेरो लागि के होला ? सोच्छु, उनी यो अवधिमा मसँग नभएको भए के हुन्थ्यो होला ? अनि मलाई समाल्न पर्ने उनी कहाँ  हुन्थिन्  होला ? म कहाँ हुन्थे हुँला रु कोसँग हुन्थे होला ?

 उनको  जस्तै कसिलो अँगालोमा म बाँधिएको हुन्थे कि नाइँ ? प्रश्नै प्रश्नको खातहरू लागेर मलाई हैरान हैरान पार्छ । अनि रिँगटा लागेर आउँछ । ह्या, कस्तो सोच मेरो पनि । हैट, म पनि के सोच्छु सोच्छु । हो त उनी मेरो साथमा छिन र म ढुक्कले म हुँ भन्न पाएको छु । म हुनुमा उनको हात छ । उनी छिन र त मेरो जिन्दगीको पैया गुडेको छ नत्र…… ?  उनी बाहेक मैले मेरो अस्मिताको कल्पना नै गरेको छैन । 

मेरा बाआमा पनि मेरै साथ छन् । दाजु दिदीबहिनी भाउजू सबैसँग भेट हुन्छ उस्तै गरी । उनी आइन मेरो जीवनमा बगैँचाको आकार बन्यो । नत्र भने कहाँ म आकारले बाचेको थिए र रु मैले निदाउने सिरानीमा पनि त कमी उनकै रहेछ । म रातारात भरि बिस्तारामा अभावको कोल्टे फेर्थे । खोइ के खोज्थे के रु बल्ल आज आएर थाहा भयो कमी उनकै त रहेछ ।  उनी आइन अनि दबिलो हात सधैँ मेरो सिरानी बनाइन । म उनको हातको सिरानीबाट  सपना देख्छु । मलाई अध्यरोमा भित्ताहरू चिसा भएको आभास हुँदैन कहिल्यै । जति सुकै बिझाए पनि बिस्तारा उनी भए पछि नरम हुन्छ बस उनी आए पछि म कहिल्यै एक्लै भएको छैन । 

मलाई उनी नरम लाग्छिन्। मलाई उनी मलम लाग्छिन् । मेरो आवेग, आवेश आक्रोशमा मेरो थकान उत्तेजना र खुसीमा पनि उनको सहभागिता उस्तै रहन्छ । अहो उनी मेरो सबै चिज हुन । के म उनको सबै चिज हुन सकेको छु होला त ? उनले मेरो हर चिज नसोधी जानेकी छिन । तर मैले नजानेर पनि सोध्ने चेष्टा गरेको छैन । किन कि मेरो पुरुषार्थ कमजोर नहोस् भनेर । मेरो अनुहार हेरेर मलाई के भयो भन्ने कुरा राम्रै गरी बुझी दिएकी छिन । तर आफ्ना पीडाहरू लुकाउने कला भने अतभूत छन् । पीडा लुकाउने कला उनले कसरी जानेकी छिन होला म अचम्म पर्ने गरेकी छु । उनी मेरो खास मान्छे । मेरो आवश्यकता के हो रु मलाई उनीबाट के के चाहिन्छ म खोसेर नि लिन्छु । हकले लिन्छु । के त्यही हक उनले म बाट लिन सक्छिन् त रु बेला बेला प्रश्न गर्छु आफैसँग । उनले मलाई आवश्यक सबै चिज दिएकी छिन् । मेरो एउटा घर बनाउन परिवार बनाउन जति भूमिका हुन्छ त्यसको तीन गुणा बढी उनको योगदान छ । 

मैले रातको बिस्तारामा अघाउन्जेल लुछ्दा पनि पिडाको सुइँको नपाउने म मूर्ख हु । पर्टमुर्ख । उनी शालीन छिन । र सहन गर्छिन् किन रु उनले मलाई अमाको जस्तै प्यारो काख दिएकी छिन । उनको गुण म बयान गर्ने ल्याकत त राख्दिन तर कहिलेकाही  लाग्छ लेखेर धन्यवाद दिऊ । 

उनी कसैको आँगनको शोभा थिइन । त्यो शोभा मेरो शून्य जीवनमा शान बनेको छ । मैले उनको समूहबाट सुटुक्क चोरेर ल्याएको हु । उनलाई पनि मेरो बाआमा देख्दा बामाको नियाँस्रो लाग्दो हो ? मैले आमाबा, दाजु दिदी भेटेर मुस्कुराउँदा धक लाग्दो हो पक्कै पनि ।  अहँ त्यो हेर्न कोसिस गरिन मैले । कहिलेकाहीँ आफ्ना स्कुले सहपाठीलाई मेरो बारेमा भन्न मन लाग्दो हो उनलाई पनि तर उनी समूहबाट चोरिएकी मान्छे । बिचरी उनी मेरो कमी कमजोरी पोख्न माइत सम्म जान पाउँदिनन् । म प्रतिकोको गुनासो पोख्ने माइती बाहेक नजिकको को हुन सक्छ र ! तर कहाँ उनी त्यो समूहको चोखी मान्छे भइन र ! त्यहाँ पनि म मौजुद छु । मेरो मौजुतीको कारण पनि मेरो जातको घेरामा उभिएर उनको पहिचान बदलिए पछि दुखेको घाउमा म नै पीडा बनेकोमा खल्लो लाग्छ । उनलाई के लाग्छ जान्ने कोसिस गरेर पनि नजाने जस्तै पो गर्छु त म ।

मेरा बालबच्चाको चकचक आमालाई सुनाउन नपाउँदा उनको मन कति पोल्दो हो ? मैले मेरो काखे छोरा पहिलो चोटि मुस्कुराएको देखाउँदै मेरी आमालाई भनेकी थिएँ, “हेर त आमै नाति हासेको, आमा कम्ता खुसी भएकी थिइन ररु उनको हजारौँ पीडाहरू पचाएर खुम्चिएको अनुहारमा एकाएक तन्किएका थिए । अनि मुस्कुराउँदै भनेकी थिइन, “नाथेँ त पनि त यस्तै थिइस्” अहो मेरो खुसीको सीमा कहाँ पुगेको थियो । आमाका कुरोले म बालापनमा फर्केको थिए । तर उनी कसरी हाँस्थिन भनेर उनको आमासँग जान्ने मौका नै पाइनन् । रातारात भर प्रसव पीडामा रहँदा बामाको नाम लिएर कति रोइन रोइन । त्यो पीडामा आमा हुनुको मतलब बुझेर आमाले चिल्लो लगाइदिएको शीतलता कहाँ पाइन र रु मनमा दबेर रहेको माइतीको माया मनको घैलोमा भरेर जमाएको कति भैसकेको छ । शायद बुवा आमाको तस्विरलाई छाम्न छोरा र छोरीको अनुहारमा पोखिन एक नजर! या कतै मेरो छातीमा मैले यो सोध्ने कोसिस गरेको छैन । 


म भन्दा उनी उपल्लो समूहको । मैले उनलाई जिते । अनि हरेर ल्याए सधैँको लागि । कुन विश्वासको आग्लोले खिच्न सके उनलाई । उनी मेरो विश्वासको धरोहर हुन् । अनि मेरो जीवनको आधार पनि । भने त यतिका वर्षमा उनको एउटै गुनासो भयो माइत जान पाइनन् । अनि मैले उनलाई भो माइत नजाउ म एक्लै हुन्छु भनेर जिस्काउन पाइन । कहिलेकाही माइत छोडेर जान्छु अनि थाहा पाउला भनेर घुर्की लगाउन उनले पनि पाइनन् । मलाई ससुरालीको मेजमानको प्रसंशा गर्ने मौका नै मिलेन । सालीहरू सँग जोडिएर म पनि बदनाम हुन पाइन । अहो म पनि सोचाइहरूको कुन मोडमा उभिन्छु । भर्खर बिहे भएको एक लक्का जवान ससुराली जाँदा लुकेर आफ्नै श्रीमतीको आँखामा हेरेर इशारा गर्न पाइन । अनि उनको सहपाठीहरूको किलकिले हाँसोमा उनी लजाएको हेर्न पाइन । मेरो नाम लिएर उनी कस्ता छन् भनेर सोध्ने उत्तर दिन उनले पाइनन् । यी त रहरका कुरा भए अनि बाध्यता त के के रहे के के ?

  
महिनै पिच्छे आउने चाडहरुले  मलाई नजानिँदो गरी पिडा दिन्छ । मैले माइत हिँडेको अरू कसैलाई उनले कहाँ हिँडेको हो भन्दा माइत नभनी दिए हुने जस्तै लाग्छ । अनि उनलाई पनि माइत जाने रहर नभए हुने जस्तै लाग्छ तर कहाँ सोचे जस्तो हुन्छ र रु उनी सोधीदिन्छीन । म सोच्न सक्छु यो उनले नदुखेको गरी भुलिदिइन । तर कतै न कतै मलाई अपराधबोधले सताउछ । उनको त्यो रहर मैले पुरा गर्न सकिन । 
उनको जन्म दिने आमाको अनुहार हेरेर आमा म एक रातसँगै सुत्छु अनि मन दुखेको कुरा भन्छु भन्ने कहाँ छ ररु तर मलाई जतनले समाल्न । नानीबाबुहरुलाई समाल्न निकै सिपालु छिन । 

मेरो जीवन धन्य उनको कारण हुन्छ । उनको कारण म छु । अँ मेरो खास कुरा कुनै पनि समूह संस्कृतिको विरोधी होइन तर आफ्ना  समूहमा होस या नहोस् आफ्ना हुन्छन् । उनी कसरी भइन । बाउको प्यारी, आमाको प्यारी दाजु दिदीहरूको प्यारी र आफ्नाहरूको बिचमा उनी छुटेर मेरा र मेरा आफन्तहरूको बिचमा कतै समुह विहीन त छैनन् ? उनलाई समूहबाट छुट्टिएकी हुन त्यसैले त मेरो खास छिन ।  

श्रीसा शाही