
काठमाडौं । प्राय लाखौं कोसिश प्रयास गर्दा पनि मानिसहरुको जवजन कम भएको हुँदैन । अक्सर मानिसहरु पनि आफ्नो तौल घटाउने प्रयत्न गर्दछन् तर सोहि चिजहरु खान्छन्, जसले उनिहरुको तौल अझ बढाउने काम गर्छ । मानिसले खाने दैनिक खानाहरुमा अझ फ्याट र कार्बोहाइड्रेट हुन्छ जसले मोटो मानिसको शरिरमा झन् क्यालोरी बढाउने काम गर्दछ ।
तसर्थ यदि तपाई तौल घटाउन चाहानुहुन्छ भने निम्न खानाहरुबाट टाढै रहनुहोस् ।
१) आलू
आलू मानिसहरुको सदाबहार मनपर्ने खानेकुराहरु हो । अझ नेपालमा हरेक खानासंग आलु मिसाएर खाने प्रचलन छ । तर आलुमा ज्यादा कार्बोहाइड्रेट पाइन्छ । यसबाट बनेका खानेकुराहरुले शरिरमा थप बोसो पैदा गर्न मद्धत गर्दछ । त्यसैले तौल घटाउनु परेमा आलुबाट बनेका परिककारलाई त्याग्नु पर्दछ ।
२) चामलको भात
चामलको भातले मोटोपन बढाउन फाइदा गर्दछ भन्ने कुनै सन्देह छैन । हामीले खाने एक कप चामलमा २०० क्यालोरी हुन्छ । कार्बोहाइड्रेट पनि प्रशस्त हुन्छ जो तौल बढाउन जिम्मेवार छ ।
३) रातो मासु
यदि तपाइँ रातो मासु खान्नुहुन्छ भने, सकेसम्म यसलाई छोड्नुहोस्। यसले वजन मात्र बढाउँदैन, तर यसले हृदय रोगको सम्भावना पनि बढाउँदछ।
४) स्विट कर्न
मकै तपाईंले देख्नु भएको होला व्यक्तिहरूले धेरै पटक फूड कॉर्नरमा स्विट कर्न (मीठो मकै) को स्वाद लिइरहेका हुन्छन्। तर उक्त मकैमा स्टार्च हुन्छ जसले तपाईको शरिरलाई हानि गर्दछ ।
५)फर्सी
धेरै व्यक्तिहरू स्वस्थ रहन सलादमा उमालेको फर्सी खान मन पराउँछन्। तर फर्सीमा क्यालोरीमा कम भएपनि उच्च स्टार्चको कारणले मानिसको शरिरमा तौल बढाउँछ ।
६) दुग्ध उत्पादनहरू
यदि तपाईं छिटो तौल घटाउन चाहनुहुन्छ भने, फ्याट फ्री दुधको अतिरिक्त बजारमा उपलब्ध डेअरी उत्पादनहरू जस्तै दही, चीज, बटर, लस्सीको त्याग गर्नुहोस् ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्