काठमाडौं। आज नेपालभर थप ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६९ हजार ७५५ पुगेको छ ।

त्यस्तै नेपालमा आज कोरोनाको कारणले गर्दा मृत्यु हुनेको सङ्ख्या शुन्य रहेको छ ।