
विराटनगर । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिभि सभा विघटनविरुद्ध मुद्धा हेरिरहेको सर्वाच्चलाई घुमाउरो सन्देश दिदैं देशभरका सभा र जनताको अभिमत हेरेकैं होला भन्ने अभिव्यक्ति दिएका छन् ।
उनले प्रदेश १ को राजधानी विराटनगरमा आफू पक्षिय आमसभालाई सम्बोधन गर्दै सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न नसनिे जिकिर गरेका छन् ।
उनले देशलाई अस्थिरतातिर फर्काउन नहुने भन्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संधिानको मम र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्