विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चलाई इङ्कित गर्दै कुनै सेटिङ-फेटिङ भएर संसद पुन:स्थापना भएमा आन्दोलन गर्ने चेतावनि दिए । शनिवार विराटनगरमा आफू पक्षिय आमसभालाई सम्बोधन गर्दै उनले संसद पुन:स्थापनाका लागि ‘सेटिङ’ भइरहेको आरोप लगाए ।

जनताले अहिले चुनाव चाहिरहेको बताउँदै ओलीलले भने, ‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर नभए आन्दोलनको विकल्प छैन,’।