काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर पुगेर अदालतलाई चर्को दवाव पार्नेगरि अभिव्यक्ति दिएको भन्दै विपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल मार्फत ओलीले अदालत दबाबमा नपरोस् भन्ने तर आफैं विराटनगरमा गएर अदालतलाई दवाव दिने मन्तव्य राख्दा पदिय गरिमा विपरीत भएको बताएका छन् ।

उनले न्यायलयको फैसला कहिलै स्विकार नगर्ने जंगे शैली प्रजातान्त्रिक नभएको पनि जिकिर गरेका छन् ।

‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ । न्यायालयको फैसला स्वीकार्छौं कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन ।’उनले लेखेका छन् ।

प्रधानमन्त्री केपी ओलीले विराटनगरमा शनिवार आफू पक्षिय आमसभालाई सम्बोधन गर्दै देशभरका सभा र जनताको अभिमत हेरेकैं होला भन्ने अभिव्यक्ति दिएका थिए ।