काठमाडौँ। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलामा ८०० रुपैयाले बढेको छ ।

शुक्रवार प्रतितोला ८८ हजार २०० रुपैयामा कारोबारमा भएको सुनको मूल्य आज तोलामा ८०० रुपैयाले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य ८८ हजार ५५० रुपैया रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैया बढेर प्रतितोला १३ सय ३० रुपैयामा कारोबार हुने महासङ्घले जनाएको छ ।