काठमाडौं । साताको पहिलो दिन कारोबारको शुरूवातदेखि नै इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य बढेको छ । बिहान ११ः२३ बजेको समयमा बैंकको शेयर मूल्य बढेर सर्किट लेभलमा पुगेको छ ।

आइतबार बैंकको शेयर मूल्य ९.८९ प्रतिशतले बढ्दै ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन यस बैंकको शेयर मूल्य ५ सय ४६ रुपैयाँ पुगेको थियो । आज ५४ अंकले बढ्दै ६ सय रुपैयाँ पुगेको हो ।

गत साताको शुरूको दिन ३ सय ४० रुपैयाँबाट शुरू भएको कारोबार आज (आइतवार) ६ सय रुपैयाँमा पुगेको छ ।