काठमाडाैं। पछिल्लो २४ घण्टाभित्र नेपालमा ८० जना कोरोना संक्रमित थपिएका छन्।

उक्त अवधिमा तीन हजार तीन सय २५ जनाको पीसीआर परीक्षण गर्दा ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७३ हजार चार सय ३१ पुगेको छ।

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म दुई हजार ६१ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घन्टामा १ सय २१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टा ४९ जनामा कोरोना संक्रमण भएको छ।

त्यसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना छन्।