काठमाडौं । बिग बोस सिजन १४ को उपाधि रुबीना दिलाइकले जितेकी छन् ।

विजेताको टाइटलसँगै उनले ३४ लाख भारतीय रुपैयाँ जितिन् । टेलिसिरियल ‘छोटी बहु’की कलाकार रुबिना श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् ।

फस्ट रनरअप राहुल वैद्य बनेका छन् । ‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्दै आएका छन् ।