काठमाडौं । गोरखाको बारपाकमा एकै परिवारका तीनजना घरभित्रै मृत फेला परेका छन्। बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीनजनाको घरभित्रै शव फेला परेको हो।

८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आईतकुमारी गुरुङ र नातिनी नाता पर्ने १२ वर्षीया उषा गुरुङकाे शव फेला परेकाे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीनैजनाको मुखबाट फिज निस्केको अवस्थामा शव भेटिएको छ। सोमबार बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकीहरु आएर हेर्दा शव देखेको र प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।