एजेन्सी। फेब्रुअरी २१ तारिख आइतबार विश्वोकै लागि ‘ब्ल्याक सन्डे’ साबित भयो। उक्त दिन तीनवटा विमान दुर्घटना भए। त्यसमा परेर दुई पाइलटसहित १५ जनाको ज्यान गयो।

आइतबार नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा सेनाको एक जहाज दुर्घटनाग्रस्त भयो । त्यसमा रहेका सबै सात जनाको मृत्यु भयो। नाइजेरियाको ‘किङ एयर ३५०’ विमान राजधानी अबुजाबाट उडान गर्नासाथ त्यसको इन्जिनमा खराबी आएको थियो। विमानलाई विमानस्थल फर्काउने प्रयत्न गर्दागर्दै दुर्घटना भएको थियो।

त्यस्तै मेक्सिकोमा अर्को सैन्य विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । दुर्घटना आइतबार विहान भएको थियो। उक्त विमान उडान गर्ने क्रममा क्र्यास भएको थियो। विमानमा ६ जना सैनिक रहेको बताइए पनि अन्य मानिस थिए कि थिएनन् भन्नेबारे भने केही बताइएको छैन।

सोही दिन अलबामामा पनि प्रशिक्षणमा प्रयोग भएको विमान पनि दुर्घटनामा हुँदा एकजना फ्लाइङ प्रशिक्षक र सिकारु पाइलटको मृत्यु भयो।