
काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। प्रचण्ड-माधव पक्षले भागवण्डाका आधारमा जिल्ला नेतृत्व टुंगाएकाे हाे।
भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ भने ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ। इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष र सचिव हुने गरी पदाधिकारी हुने भएका छन्। गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्व भने टुंगिएको छैन।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्