काठमाडौं । ठाडी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म भन्सार छली चोरी निकासी, पैठारी मुद्दामा पक्राउ परी जफत भएका कुल ६३ लाख २० हजार ३ सय ५७ रुपैयाँ बराबरको माल–सामान विक्री लिलामी गर्ने भएको छ ।

कार्यालयले सोमबार एक सूचना जारी माल वस्तु लिलाम विक्री सम्बन्धि ७ दिने सिलवन्दी बोलपत्र आह्वान गरेको छ । भन्सार ऐन, २०६४ को दफा ५० तथा भन्सार नियमावली ३६ बमोजिम यस्ता माल वस्तुको विक्री लिलामी सिलवन्दी बोलपत्रको आह्वान गरिएको भन्सार कार्यालय ठाडीले जनाएको छ ।

विभिन्न समयमा जफत भई प्रतिवेदन समेत बनि कार्यालयमा दाखिला भइसकेका माल वस्तुहरु जस्तो अवस्थामा छ सोही अवस्थामा विक्रि वितरण गरिने गरि भन्सार कार्यालय ठाडी, सिरहाले जनाएको छ ।

प्रमुखतः दुई शीर्षकमा माल वस्तु छुट्याएको कार्यालयले पहिलो मुद्दा संख्या ११० सम्मलाई न्युनतम बिक्री मूल्य २१ लाख ७१ हजार ६ सय ४२ रुपैयाँ तोकेको छ भने दोस्रो मुद्दा १६९ सम्मलाई ४१ लाख ४८ हजार ७ सय १५ रुपैयाँ लिलामी मूल्य तोकेको छ । विभागले यी दुवै शीर्षकका लागि इच्छुक व्यक्ति, फर्म वा संघ–संस्थाले दरभाउपत्र खरिदका लागि रु २ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्ने जनाएको छ ।