काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक विज्ञप्ति जारी गर्दै  ८ वर्ष अवधिको ऋणपत्र २०८५ बिक्रि गर्न लागेको जानकारी दिएको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्रि गर्ने भएको हो ।

बैंकका अनुसार उक्त ऋणपत्रमा ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने भएको छ ।

ऋणपत्रमा धितो राखेर कर्जा लिन र दिन पाइने व्यवस्था बैंकले गरेको छ । बोलपत्रमा फागुन ११ गते हुनेछ भने निष्कासन फागुन १२ गते भएर ऋणपत्रको साँवा २०८५ साल फागुन १२ गतेसम्म भुक्तानी हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।