
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)दोहोरो अंकले घटेको छ । नेप्सेका अनुसार आज ३२.६७ अंकले नेप्से घटेर दुई हजार छ सय ७ दशमलब ६७ विन्दुमा पुगेको छ भने ८ अर्ब ४० करोड ६३ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये २ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज दोहोरो अंकले बजार घटेपनि ८ कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ ।
आज आँखुखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ९३ प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८३ प्रतिशत, शिवश्री हाइड्रोको ९ दशमलव ६३ प्रतिशत, चन्द्रागिरी हिल्स ९.६७, सनराइज फस्ट म्युचुअल ९.५९ र खानीखोला हाइड्रोको ९ दशमलव ४० प्रतिशतल शेयरमूल्य उच्च बृद्धि भएको छ ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्