काठमाडौं । प्रचण्ड-माधव समर्थित अनेरास्ववियूका कार्यकर्ताले नारायणहिटी अगाडि ‘प्रतिगमनको विरोध’ मा जुत्ता हानेर प्रदर्शन गरेका छन् ।

संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो ।

सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले विभिन्न नारावाजी गर्दै केपी ओलीको प्रतिमा बनाएर त्यसमाथि जुत्ता हानेका थिए ।