काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा परिषद्को बैठक सुरु भएको छ । उक्त बैठकमा पछिल्लो राजनितिक घटनाक्रम र निर्वाचनमा आवश्यक सुरक्षाका सम्बन्धमा छलफल गरिने बालुवाटार स्रोतले बताएको छ ।

त्यस्तै आजै डाकिएको मन्त्री परिषद् बैठक र सुरक्षा परिषद्को बैठकमा विप्लव सरकारसँग मिलेर वार्ता गर्ने चाहनेहुँदा विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा हुनसक्ने सम्भावना पनि रहेको स्रोतको भनाई छ ।